arrow

रेल कुदाउने कुरा गफै मात्र, कम्युनिष्ट सरकार भारत र चीनको चाकडी बजाउँदै : निधि

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
bimalendra_nidhi_final.jpg

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट बिचारधारा पतनको दिशातिर उन्मुख हुदै गएको बताएका छन् । नेपालमा कम्युनिष्ट पार्टीले गत निर्बाचनमा पाएको सफलतालाई उपसभापति निधिले मर्ने बेलामा कमिलाको प्वाख पलाएजस्तो भएको टिप्पणी गरे।  उनले भने “जसरी मर्ने बेलामा कमिलाको प्वाख पलाउछ त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको छ ।”

बन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिबेशनको राजधानीमा उद्घाटन गर्दै उनले बिचारधाराको परिबर्तनसंगै कम्युनिष्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको उल्लेख गरे । सरकारका १०० दिनको उपलब्धी हेर्दा आश गर्ने कुनै ठाउ बाकी नरहेको उनको भनाई थियो । सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको भन्दै पूर्ब उपप्रधानमन्त्री समेत रहेका निधिले भने “ सरकारले संघीयता, समाबेशिता बिरुद्ध सिण्डिकेट खडा गरेको छ ।”

रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिष्ट सरकारले भारत र चीनको चाकडी गर्नुबाहेक अरु केही काम नगरेको बताए । “बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले होल्ड गरेर राखेको छ”, उपसभापति निधिले भने“ अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी होल्ड गरेर राख्छ ।” त्यसैले अहिलेको सरकारले हुलाकी राजमार्गको काम अगाडि बढाएन भनेर सोध्नुनर्पेमा त्यसो नगरी चाकडी गरेको टिप्पणी गरे। आत्मप्रशंसामा समय खर्च गरेको सरकारका हरेक गतिबिधि अधिनायकबादतर्फ उन्मुुख भएको उपसभापति निधिको भनाई थियो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ