arrow

पाल्पा दुर्घटनाको शोक पाल्पा बजार बन्द

logo
रामचन्द्र रायमाझी, सीता डोटेल
प्रकाशित २०७५ जेठ २० आइतबार
Ahileko_tansen.jpg

पाल्पा । शुक्रवार पाल्पामा भएको बस दुर्घटनाको शोकमा आइतवार तानसेन बजार बन्द भएको छ । पाल्पा उद्योग वाणिज्य संघको आह्वानमा जिल्लाका सबै व्यापार व्यबसाय बन्द भएको छ । बिहानै देखि तानसेन बजार सुनसान छ ।

 हिजो शनिबार नियमित बजार बन्द भएपनि आज शोकमा बजार व्यबसायीले पसल बन्द गराएका हुन् । शुक्रवार पाल्पाको तानसेनमा रहेको लक्ष्मी बचत तथा सहकारी संस्थाको शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी, अतिथि पाहुना समेत लिएर रामपुर तर्फ जादै गरेको बस रम्भा गाउँपालिकाको हुमिनमा दुर्घटना भएको थियो ।

 दुर्घटनामा १४ जनाको ज्यान गएको थियो । घाइते ९ मध्ये ४ को काठमाडौं र ५ जनाको तानसेनमा नै उपचार भैरहेको छ । शोकमा जिल्लाका बिभिन्न स्थानमा आज संघसंस्था सहकारी, व्यापारीले मृतकप्रति शोकसभाको आयोजना गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ