arrow

रहेनन् नेपाली कांग्रेस बझाङका संस्थापक नेता जोशी

बझाङ कांग्रेस शोकमग्न

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ जेठ २० आइतबार
joti_pra.jpg

बझाङ । नेपाली कांग्रेस बझाङका संस्थापक तथा प्रजातान्त्रिक आन्दोलनका कुसल योद्धा ज्योती प्रकाश जोशीको ७७ बर्षको उम्मेरमा असामहिक निधन भएको छ । केही बर्ष देखि कैलालीको धनगढीमा बस्दै आएका जोशीको आईतबार राती आफ्नै निबासमा निधन भएको हो ।

बझाङको थालारा गाँउपालिकाको गुमैमा १९९८ साल श्रावण रक्षा पुर्णिमाका दिन जन्मेका जोशीको निधन पछि सिंगो बझाङ शोकभग्न भएको छ । कुसल लेखक तथा साहित्यकार समेत रहेका ज्योती प्रकाश जोशीको निधनले सिंगो बझाङ जिल्लाको नेपाली कांग्रेसमा अपुरणिय क्षती भएको नेपाली कांग्रेस बझाङले जनाएको छ । ज्योतिषी शास्त्रमा भारतको बनारसबाट शास्त्रि पास समेत गरेका नेता जोशी पछिल्लो समयमा कांग्रेसको राजनितीमा अलि निस्कृय रहेका थिए ।

बि.स.२०३६ सालको जनमत संग्रह पछि कांग्रेसको सकृय राजनितीकमा लागेका जोशीले बि.स.२०३६ साल कै जनमत सग्रहमा बहुदलको प्रचार प्रसारको जिल्ला सचिबको जिम्मेवारी समेत लिएका थिए । नेपालमा प्रजातन्त्र स्थापनाका लागी भएका पछिल्लो समयका अन्दोलनमा जेल सजाय समेत पाएका जोशी प्रजातान्त्रिक आन्दोलनका एक कुसल योद्धाका रुपमा समेत चिनिन्थे । बि.स. २०४३ सालको अन्तिम देखी बि.स.२०४८ साल सम्म नेपाली कांग्रेस पाटीको जिल्ला शभापती समेत रहेका जोशी फेरी बि.स. २०५२ सालमा देखि बि.स.२०५७ साल सम्म पाटी शभापती समेत रहेका थिए ।

 नेपालको प्रजातन्त्रको पक्ष र राजाको बिपक्षमा मरत्याधिकार पुस्तक प्रकासन गरे पछि बि.स.२०३७ सालमा महेन्द्र नगर बाट उनलाई गिरप्तार गरिए लामो समय सम्म जेल बसेका थिए ।  नेपाली कांग्रेसका सस्थापक बि.पी. कोईराला,गणेशमान सिंह , कृष्ण प्रसाद भट्टराईसंग राम्रो सम्बन्ध बनाएका जोशीले बि.स.२०३८ सालमा नेपाली कांग्रेसले राष्ट्रिय निर्बाचन बहिस्कार कार्यक्रममा भाषण गर्दा तत्कालिन पन्चायत सरकारले उनलाई सदरमुकाम चैनपुर बाट गिफतार गरि एक महिना हिराषतमा राखेको थियो । नेपाली कांग्रेसका प्रखर बक्ताका रुपमा चिनिने जोशी बि.स. २०४६ सालको जनआन्दोलन हुनु भन्दा अगाडी  नै वहाँको निबास थालारा गुमै बाट प्रहरीले गिरप्तार गरि जेल राखेको थियो ।
 
जिल्ला कै कुसल र चर्तित ज्योतिष समेत रहेका जोशी बगंलादेशमा सम्पन्न ज्योतिषहरुको अन्र्तराष्ट्रिय सम्मेलनमा स्वार्णपदक पाएर प्रथम भएका थिए । बिभिन्न सामाजिक एबम् साहित्यक दर्जनौ संघ सस्थाबाट सम्मानित तथा पुरुकृत  भएका जोशी एकदमै हक्की र स्पष्ट बक्ता समेत थिए ।  प्रखर बक्ता जोशीको निधनले सिंगो नेपाली कांग्रेस बझाङले एकदमै क्षती भएको नेपाली कांग्रेसका नेता चेतराज बजालले बताए । उनले भने नेपाली कांग्रेस बझाङले एक अभिभाबक गुमाएको छ यस घडीमा दिंबगत आत्मको चिरशान्तिको कामना समेत ब्यक्त गरेको छन् । जोशीको निधन पछि सामाजिक सञ्जालमा उहाँका शुभचिन्तक तथा आफन्तहरु दुख प्रकट गरेका छन् ।      

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ