arrow

फोरमलाई सरकारमा ल्याउनुको कारण खुलासा गरे देवेन्द्र पौडेलले

logo
नारायण रिजाल,
प्रकाशित २०७५ जेठ २० आइतबार
devendra.jpg

बागलुङ ।  नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने गणितिय आवश्यकता नभएको बताएका छन । आईतबार बागलुङ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा राजनिति स्थायित्वका लागि फोरमलाई सरकारमा ल्याएको बताए । राष्ट्रिय एकतालाई सुदृढ पार्न र मधेशका मुद्दालाई सम्बोधन गर्न फोरमलाई सरकारमा ल्याइएको उनको भनाइ छ ।

फोरमको उद्देश्यसँग हाम्रो उद्देश्य मिल्यो, वार्ता र सहमतिमा फोरम सरकारमा समावेश भयो पौडेलले भने दुई तिहाईको आकार लिएर जनताको काम गर्न सहज हुने हुँदासँगै हिड्ने प्रतिवद्धता गर्‍यौं । पौडेलले फोरमसँग एकता हुन सक्ने संकेत समेत गरेका छन् । एकताका लागि छलफल अघि बढेको छ उनले भने, ‘बृहत् ध्रुवीकरण मार्फत् एउटै कम्युनिष्ट पार्टी बनाउन हामी पहल थालेका छौं ।

नेता पौडेलले मुलुकको विकास, समृद्धि र सुशासनका लागि पार्टी एकताको खाँचो औँल्याए । फोरमका अधिकांश नेता कम्युनिष्ट पृष्ठभूमिबाट आएको भन्दै एकता सहज देखिएको उनको भनाइ थियो । ‘दुई पार्टीबीच केही सैद्धान्तिक अन्तर भए पनि एकताको सम्भावना बलियो छ’, उनले भने, ‘विचार, राजनीति र विशेषता मिल्ने अन्य कम्युनिष्ट घटकबीच पनि एकता गर्न सकिनेछ ।

धेरै राजनीतिक दल आवश्यक नभएको भन्दै उनले नेपाली कांग्रेसलाई पनि विचार मिल्ने पार्टीसँग एकता गर्न सुझाव दिए । ‘हामी कम्युनिष्टहरू समेट्दै जान्छौं, नेपाली कांग्रेसले पनि नजिकका दलहरूलाई एकतामा ल्याओस । फोरम आएसँगै संसद्मा सरकार झन बलियो भएको पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ