arrow

युवती बलात्कारको आरोप, शिक्षक फरार

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ २० आइतबार
Child-rape.jpg.jpeg

स्याङ्गजा ।  स्याङ्गजाको चापाकोट नगरपालिका ९ का रामभक्त आचार्यले १४ बिर्षय एक किशोरीलाई जबरजस्ती करणी गरि फरार भएका छन् । गंगालाल माध्यमिक बिद्यालय शिक्षक र नेकपा एमाले चापाकोट नगरपालिकाका नगर सचिव समेत रहेका आचार्यले छिमेककी ति किशोरीलाई मोवाइल दिएको र कसैलाई नभन्नको लागि १० हजार दिने आश्वासन दिएको किशोरीले बताएकी छन् ।

 आचार्यले घर नजिकै लगेर जवरजस्ती गरेको किशोरीको भनाई छ । बालिका बुद्ध सामुदायिक बोडिङकी बिद्यार्थी हुुन् । उनकी आमाले चापाकोट नगरपालिका र प्रहरी चौकी चापाकोटमा शिक्षक आचार्य बिरुद्ध उजुरी दिएपछि मात्र घटना बाहिर आएको हो । छोरीलाई जापान पठाउने भन्दै आएका शिक्षकले ललाई फकाई बलात्कार गरेको किशोरीका आमाले बताइन् । फरार रहेका आचार्यको खोजी भइरहेको चापाकोट प्रहरी चौकीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ