arrow

आइतबार विहानै पाल्पा दुर्घटनामा मृत्यु हुनेको घर-घरमा पुगे रामशरण महत

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ २० आइतबार
mahat.jpg

पाल्पा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महतले आइतवार पाल्पामा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको घरघरमै पुगेर परिवार र आफ्न्तजनमा समवेदना  व्यक्त गरेका छन् ।

नेता महतले आइतबार विहानै जिल्लास्तरका नेताहरुको साथमा मृत्यु भएका १४ जनाकै घरपरिवारमा पुगी घटनाप्रति समवेदना व्यक्त गरेका हुन् । उनले  ‘सहकारी संस्थाको अवलोकनका लागि यात्रु बोकेर पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना भएको खवरले अत्यन्त दुःख लागेको बताएका छन् ।’ नेता महतले पाल्पावासिसँग आफ्नो अत्यन्तै आत्मीयता रहेकाले पनि यस दुखतको खबरले मर्माहत बनाएको बताए ।

जिल्लाका व्यापारी, सामाजिक व्यक्तित्वहरुको निधनले सिंगो राष्ट्रलाई नै क्षति पुगेको भन्दै परिवारजनप्रति समवेदनाका साथै ज्यान गुमाएका यात्रुहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनीसँगै नेपाली कांग्रेसका जिल्ला सभापति वीरबहादुर राना, पार्टी सचिव अजयमान कर्मचार्य, झपेन्द्र गहिरे, प्रदेश सांसदका उम्मेदवार माधव नेपाल, नेपाली काँग्रेस तानसेन नगरका सभापति मधुदयाल सैजु, पूर्व नगर सभापति चकोरमान शाक्य, नेपाल महिला संघकी सभापति गगां पौडेल लगायतका जिल्लास्तरका नेताहरुले मृतकका परिवाजनमा समवेदना व्यक्त गरेका छन् ।

जिल्लामा आज उद्योग, कलकारखाना, पसल, सहकारी सस्थाहरु बन्द गरी जिल्लावासिहरुले शोक मनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ