arrow

शिक्षक महासंघले बुझाए विरोध पत्र

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ २० आइतबार
teacher_(2).JPG

स्याङ्जा । नेपाल शिक्षक महासंघ स्याङ्जाले स्याङ्जाका ११ ओटै स्थानीयतहमा बिरोध तथा माग पत्र बुझाएका छन् । पेशागत शिक्षकका संगठनहरुको संयुक्त टोलीले जिल्लाका ११ ओटै स्थानीयतहमा सरकारले बनाएको ऐन र नियमावलीले गरेका व्यवस्थाहरु पालना र लागुमा गैह्र जिम्मेवार बनेको भन्दै विरोध र माग पत्र बुझाएका हुन् ।

 ०७४ साल चैत्र १८ गते शिक्षा मन्त्री समक्ष र ०७४ चैत्र २५ गते प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउदा पनि नेपाली शिक्षकहरुको न्यायोचित मागहरु प्रति सरकार उदासिन र बेखवर बन्नु दुखद भएको विरोध पत्रमा उललेख गरिएको छ । नेपाल शिक्षक महासंघ स्याङ्जाका अध्यक्ष पशुपति पाण्डेले हस्ताक्षर गरेको विरोध पत्रमा जेठ १३ गते देखि नेपाली शिक्षकहरुले प्रारम्भिक चरको आन्दोलन शुरु गरेको उल्लेख गर्दै यो दोस्रो चरणको आन्दोलन भएको उल्लेख गरिएको छ ।

सबै शिक्षा शाखाहरु अव स्थानीयतह बाटै संचालन हुने संविधानमा उल्लेख अनुसार शिक्षक महासंघले जिल्लाका ११ ओटै स्थानीयतह मार्फत संघिय सरकारलाई विरोध र माघ पत्र पेश गरेका हुन् । २७ बुँदे माग पत्र सहित महासंघले सबै स्थानीयथहका प्रमुख प्रशासकिय अधिकृतहरुलाई बुझाएको नेपाल शिक्षक संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए । अस्थायी शिक्षकलाई ऐनमा व्यवस्था बमोजिम आन्तरिक परिक्षा लिइयोस, जथाभावी ऐन बनाएर स्थानीयतहले शिक्षक नियुक्ति, सरुवा जस्ता आतंक सृजना बन्द गर्ने, अस्थायी शिक्षकलाई पोषाक सुविधा उपलव्ध गराउने लगायतका २७ बुँदे माग पेश गरिएको छ ।

यसै विच वालिङ नगरपालिकामा वालिङ भित्र रहेका पेशागत संघसंगठनका नेता तथा महासंघका नेता शिक्षकहरुले सो विरोध तथा माग पत्र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमकान्त पौडेलालाई बुझाएका छन् । शिक्षक नेताहरु गोपालधन सुवेदी, परसुराम लम्साल, महासंघका तिलक पराजुली लगायतले नेपाली शिक्षकहरुका मागलाई अविलम्व पुरा गर्न आग्रह गरे । विरोध तथा माग पत्र बुझदै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले शिक्षकले उठाएका मागलाई स्थानीयतहबाट टुङग्यान सकिनेलाई आपसी छलफलबाट गरिने आश्वसान दिदै संघिय सरकारले गर्ने विषयमा पत्र आजै विभागमा पठाउने प्रतिवद्धता व्यक्त गरे । लामो समय देखि यो समस्या अल्झदै आएको उल्लेख गर्दै प्रमुख प्रशासकिय अधिकृत पौडेलले शिक्षकका समस्यामा सरकार सकरात्मक भएको बताए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ