arrow

बागलुङ तरुणदलको अभियान गाउँगाउँमा

logo
नारायण रिजाल,
प्रकाशित २०७५ जेठ २० आइतबार
tarun1.jpg

बागलुङ ।  नेपाल तरुणदल बागलुङले गाउँ गाउँमा संगठन निर्माण अभियान थालेको छ । तरुण युवाहरुलाई संगठित शसक्त र जागृत बनाउने उद्देश्यले सवै स्थानिय तह र वडा टोल सम्म संगठन विस्तार अभियान थालेको हो ।  

जिल्लाका सबै स्थानिय तहमा तरुणदलको भेला तथा प्रशिक्षण कार्यक्रम गर्नुका साथै नयाँ नेतृत्व पनि निर्माण थालिएको नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले बताए । उनका अनुसार जिल्लाको ७ स्थानिय तहमा संगठन विस्तार तथा भेला र प्रशिक्षण कार्यक्रम गरिसकिएको छ । बाँकी ३ स्थानिय तह बरेङ, ताराखोला र तमानखोला गाउँपालिका जेठ मसान्त भित्रै सम्पन्न गरिने छ। ‘स्थानीय तह अनुसार संगठन विस्तार गरिरहेका छौं,’ उनले भने, ‘वार्ड र टोल तहसम्मै संगठनका सक्रिय कमिटि बन्छन् ।’ हरेक वडामा प्रशिक्षण कार्यक्रम गरिनेछ ।

यसअघि गाविसस्तरमा बनेका तरुणदलका कमिटिहरु अधिकांश निष्कृय भएका कारण नयाँ संरचना अनुसार कमिटी विस्तार गर्न लागिएको छ । जेठ ५ गते जिल्ला स्तरीय प्रशिक्षण भेलाबाट सुरु गरेको कार्यक्रम अहिले गाउँ केन्द्रित भएको छ ।   

संगठन विस्तारसँगै शसक्तीकरणलाई पनि सँगै जोडेर लगिएको तरुण दलले जनाएको छ। जिल्लास्तरका नेताहरुको उपस्थितीमा राजनीतिक प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रम चलाइएको अध्यक्ष शर्माले बताए ।  युवाहरुलाई शसक्तीकरण गर्दै राजनीतिक गतिविधिमा सक्रिय बनाउने योजना तरुण दलको छ । पार्टिले चुनाव बाहेकको समयमा खोजी पनि नगर्ने र युवालक्षित कार्यक्रम नहुँदा दलका युवा संगठन निष्कृष्य हुने गरेका छन् ।

भातृ तथा शुभेच्छुक संगठनहरुलाई जागृत गराउन पार्टी लागिपरेको काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेलले बताए । उनले तरुणदलको संगठन विस्तार र शसत्तीकरण अभियानले पार्टी थप बलियो र शसक्त हुनेमा पार्टिलाई विश्वास रहेको बताए । काँग्रेसको शसक्त संगठनमा तरुणदल पर्छ,’ पौडेलले भने, ‘भातृ संगठन बन्नु भनेको पार्टी बन्नु हो ।’ तरुणदलले गाउँ टोल सम्मको आफ्नो संगठन विस्तार र प्रशिक्षण कार्यक्रमले सिंगो पार्टिप्रति नै नयाँ जागरण आएको पौडेलले बताए ।

सबै भातृ संगठनहरु शसक्त नभएसम्म पार्टी निर्माण नहुने उनको भनाइ छ । उनले तरुणदलसँगै नेपाल विद्यार्थी संघ, महिला संघ, भूपू सैनिक संघ लगाएतका भातृ तथा शुभेच्छुक संगठनलाई स्थानीय तहमा विस्तार गरिने बताए । पार्टीको विचार र नीतिलाई जनस्तरमा लैजाने र नागरिकको सहयोगी युवा संगठनको रुपमा तरुणदललाई स्थापित गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ