बाजुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम पूर्व यातायात पूर्वाधार मन्त्री रमेश लेखकले सरकारले आर्थिक बर्ष २०७५-७६ को ल्याएको बजेट संघियता बिरोधी भएको बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैँ उनले यस्तो बताएका हुन्।
लेखकले आफु प्रतिपक्षको कार्यकर्ता भएको हैसियतले मात्र नभइ सत्ता पक्षका मन्त्रीहरुले समेत हालको बजेटको बिरोध गरिरहेको बताए। ७ नम्बर प्रदेशका लागि ईतिहासकै निरासाजनक बजेट भएको लेखकले आरोप लगाए । ठुला ठुला चर्का सामाजिक सुरक्षा कुरा गरेपनि ति कुराहरु बजेटमा नपरेको उनले बताए । यो बजेटले अधिकांस नेपालीलाई निरास तुल्याएको बताए ।
उनले बजेटको आलोचना यसअघि अहिलको जस्तो कहिल्यै नभएको स्पष्ट पारे। बामगठबन्धनलाई बहुमत दिई जिताएर पठाएका जनतालाई यो बजेटले निरास पारेको देखिएको बताए । बजेटले वामगठबन्ध र अहिलेको नेकपाको साख समेत बचाउन नसकी गिराएको बताए । हालको सरकारले विकासका कुरामा र निमार्णका कुरामा जनतालाई नयाँ उत्साह दिने कुरामा छ्लाङ्ग नलगाई क्रान्तिकारी छ्लाङ्ग मुल्यबृद्धिमा लगाएको ठोकुवा गरे ।उनले पेट्रोलियम पदार्थको मुल्य दिनदिनै बढीरहेको बताए। पेट्रोलियम पदार्थको मुल्य बढ्ने बित्तिकै प्रत्येक उपभोग्य सामानहरुको मुल्य बढ्ने बताए ।
फरक प्रसंङ्गमा बोल्दै उनले नेपाली कांग्रेस पराजय हुनुको मुख्य ठुलो कारण वामगठबन्धले गर्दा देशभर हार बेहोर्नु परेपनि प्रतिशतमा कांग्रेस अगाडी नै रहेको बताए । नेपाली कांग्रेस सबै कुरालाई संबोधन गरेर आउँदो ४ बर्षभित्रमा फेरि यो देशको तीनै तहका निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बनाउनु प्रणका साथ अगाडी नेपाली कांग्रेस बढेको बताए ।
पूर्व मन्त्री समेत रहेका नेता लेखकले अब पार्टी भित्रका गुटउपगुटलाई अन्त्य गरी समृद्धिको यात्रामा अब कांग्रेस जानेमा जोड दिए । नेपाली कांग्रेस किन पराजय भयो ? भन्ने बिषयमा नेपाली कांग्रेस भित्र अत्यन्त सुष्म रुपमा छलफल भएको बताए । उनले नेपाली कांग्रेस हरेक संक्रमणकाललाई समाधान गदैँ अगाडी बढीरहेको बताए ।