arrow

प्रधानमन्त्री र अर्थमन्त्रीको गृहनगरमा अनियमितताको चाङ

logo
शान नेपाल,
प्रकाशित २०७५ जेठ २० आइतबार
ring.jpg

गौरादह । प्रधानमन्त्री, अर्थमन्त्री, आन्तरिक मामिला मन्त्री, महान्यायाधिवक्ता लगायत दर्जनौ व्यक्तित्वको पारिवारिक र राजनीतिक सम्बन्ध जोडिएको गौरादह नगरपालिका पटक पटक बिबादास्पद बन्दै आएको छ। गौरादह नगरपालिका वार्ड नं. ६ मा भएको सुलभ शौचालय बितरण कार्यक्रममा अनियमितता छचल्किएको छ । महंगो मुल्यमा असमान तवरले बिक्रीवितरण गरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गर्न थालेपछि अनियमितता पर्दाफास भएको हो ।

छिमेकि वडाहरु  ५ र ७ ले पनि खुला दिशामुक्त अभियान तिब्र रुपमा संचालन गरिरहेका छन् । वार्ड नं. ५ मा प्रती परिवार २०० रुपैयाँका दरले शौचालय निर्माण सामग्री बितरण भइरहेको पाइएको छ जसमा परिवार संख्या सानो भए ३ वटा रिङ र अन्यको हकमा ५ वटा सम्म रिङ्ग बितरण गर्ने गरिएको वार्ड अध्यक्ष छत्रपती सुबेदीको भनाइ छ ।

वार्ड नं. ७ ले कुनै रकम नलिइ शौचालय सामाग्री  बितरण गरिरहेको वार्ड अध्यक्ष बलराम खरेलको बताउछन् । रिङ्ग निर्माण गर्दा प्रती रिङ्ग ३७५ खर्च हुन्छ - खरेलले भने ।  डबल भन्दा पनि महंगो भाउमा रिङ बिक्रि भइरहदा सरोकारवाला निकायहरू मौन देखिन्छन् । संस्थागत र समुहगत रूपमा मौलाएको भ्रष्टाचार प्रती बेवास्ता गरिनु अत्यन्तै खेद पुर्ण छ, ३ सय ७५ पर्ने रिङलाइ ६ सय हालेर किन्नुपर्ने बाध्य किन पारिदै छ?- सचेत युवाहरू प्रश्न गर्छन् ।

जनप्रतिनिधिहरु पानी माथीको ओभानो बन्न नहुने  वडा नं. ६ का नेकपा कार्यकर्ता दिननाथ ढकाल बताउछन् । खुल्ला दिसामुक्त अभियानमा कमिसनतन्त्र हावी भएको छ, सस्तो सिमेन्टमा बालुवा मुसेर ठगी गरिएको छ, यो अत्यन्तै लज्जास्पद कार्य हो- ढकालले बताए ।

वडा नं. ६ लाई नगरप्रमुख अत्यन्तै दुर्गम र पिछडिएको वार्डको संज्ञा दिन्छन् । भौगोलिक दृष्टिकोणले टाढा रहेकोले यो वडामा बिकास निर्माण कार्य फितलो भएको हो, दुर्गम क्षेत्र भएकोले ठेकेदारहरु बिकासे काममा हात हाल्नै चाहदैनन्, अनुगमनमा पनि कठिनाइ छ - उनले भने ।

वार्ड नं. ६ मा मात्र होइन, सबै वडामा रिङ बितरण माथी प्रश्न  उठेको छ, नगरपालिकाले गर्ने अनुगमन पछि मात्र सत्यतथ्य के हो थाहा हुन्छ - साहले बताए । वार्ड नं. ६ मा कालो अनुहार भएकाहरूको बसोबास छ,  आदिवासीहरु भोट बैंक मात्रै हुन् - समाजवादी फोरमका नेता नित्येश्वर झा व्यङ्ग्य गर्छन् ।

शौचालयको बिक्री बितरण पाएका गणेश श्रेष्ठ दामुनाका स्थायी वासिन्दा हुन । वार्ड सदस्य तोयानाथ प्रसाइबाट उनले ५ जना नेपाली कांग्रेस समर्थकलाइ भौचर नबनाइ सामान पठाइदिनु, पछि हिसाब गर्नुपर्छ भनेपछी  उनीहरुलाई रिङ तथा ढक्कनहरु उपलब्ध गराइएको थियो । परिषद सदस्य समेत रहेका प्रसाइको निर्देशन नमान्ने कुरै भएन, मैले रिङहरु पठाइदिंए श्रेष्ठले बताए ।

वडाका आर्थिक रूपमा विपन्न परिवारलाई सुलभ शौचालय वितरण गर्नुपर्नेमा ४/५ बिघा जमीन हुनेलाइ प्राथमिकतामा राखिनु निकै सोचनिय कुरा हो - स्थानीय शिक्षक कृत्यानन्द राजवंशी बताउँछन् ।  एकल महिलालाई शौचालय बितरण नगरिएको गुनासो आइरहदा कतिपय एकल महिलालाई भने उपलब्ध गराइएको पाइएको छ । एकल महिलाको संख्या वडामा धेरै नै छ, पछि अर्को लटमा वितरण गर्ने सोचाइ राखेका छौँ - वार्ड अध्यक्ष पराजुलीले भने ।

१५ दिन भित्र शौचालय निर्माण गराइसक्नु भन्दै माथिबाट उर्दी जारी गरिन्छ, रिङ बनाउने मिस्त्रीले सस्तो भाउमा बनाउनै मान्दैनन् , अलिअलि महंगो भएको कुरालाई सिरियसली लिनु उचित लागेन - वार्ड अध्यक्ष खड्ग पराजुली यसो भन्छन् ।

गौरादह नगरपालिकाका १ र ३ नं.  वडाले खुल्ला दिसामुक्त वडा घोषणा गरिसकेका छन् । नगरपालिका मा एउटा पनि सार्वजनिक शौचालय नहुनु दु:खद भएको सरोकारवालाहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ