arrow

पक्राउ गरेको एक वर्षपछि दुई बलात्कारीलाई कैद सजाय

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७५ जेठ २१ सोमबार

पाँचथर । पाँचथरमा छुट्टाछुट्ट्टै बलात्कारमा संलग्न दुई जनालाई पक्राउ परेको करिब एक वर्षपछि जिल्ला अदालत पाँचथरले कैद सजाय तोकेको छ ।

अदालतले १५ वर्षीया बालिका बलात्कार गर्ने फिदिम नगरपालिका–१०, याङनामका श्यामप्रसाद हाङसरुम्बालाई तीन वर्षको कैद सजायको फैसला गरेको हो ।  बालिकालाई हाङसरुम्बाले ०७४ जेठ २० गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

पीडितले दिएको उजुरीका आधारमा ०७४ जेठ २३ गते हाङसरुम्बा पक्राउ परेका थिए । उनलाई न्यायधीश मनोज केसीको इजलासले कैद सजाय फैसला सुनाएको हो ।

त्यस्तै ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने हिलिहाङ गाउँपालिका–६ का पदमप्रसाद लावतीलाई पनि अदालतले जेल सजाय तोकेको छ ।

लावतीलाई न्यायधीश मनोज केसीको इजलासले पाँच वर्षको कैद सजाय र ५० हजार क्षतिपुर्ति भराउने फैसला गरेको हो ।

उनले गएको भदौ २१ गते ५४ वर्षीय महिलालाई करणी गरेको भनी पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । करणीपछि फरार रहेका लावतीलाई गएको पुष ९ गते प्रहरीले पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ