arrow

माननीय नबिना लामा ज्यू ! मूल्यवृद्धि भएको देख्नुभएन ?

नविना र मूल्यवृद्धि बीचको साइनो के ?  

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
nabina-lama.jpg.jpeg

काठमाडौं । नेपाली राजनीतिको तीतो यथार्थ यस्तो छ कि कार्यकर्ताहरु विपक्षी दलका हुनासाथ चिच्याएर भुकम्पै ल्याउँला जस्तो गर्छन् । तर आफ्नो सरकार भएका बेलामा जस्तासुकै गल्तीलाई पनि नदेखेजस्तो गर्छन् । 

छिनका छिन नेताहरुको नैतिकता भुइँमा खसेको पत्तो आफैले पाउँदैनन् । प्रसंग हो विघटित नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुकी पूर्व अध्यक्ष नविना लामाको । उनी अहिले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइनको केन्द्रीय सदस्य छिन् । 

पार्टीले ३३ प्रतिशत महिलालाई केन्द्रीय तहमा नराखेको भन्दै निर्वाचन आयोगले दर्ता समेत गरेको छैन । नेकपा भनी अर्को दल हुँदासमेत मिचाहा गरेर निर्वाचन आयोगमा गए पनि अन्डरलाइन राखेर दर्ता गर्न खोजेको छ । 

तिनै नविना लामा सांसद समेत भएकी छिन् । उनले यो सरकार अहिलेसम्मकै सबल र हालै जारी गरिएको संघीय बजेट सबैभन्दा उत्तम भनिसकेकी छिन् । 

तर सांसद लामालाई प्रश्न – के मूल्यवृद्धि गर्ने सरकारलाई केही सुझाव छैन ? 

नविना र मूल्यवृद्धिबीचको साइनो के ? 
नेपाली काँग्रेसको नेतृत्वको सरकार हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । नविना लामा खुंखार मूल्यवृद्धिको विरोधमा उत्रिइन् । उनले फेसबुकमा निकै कडा प्रतिक्रिया दिइन् । 

उनले त्यतिबेला देउवालाई अपशब्द नै बोलिन् । उनले कमिशन खाने उद्धेश्यले हप्तैपिच्छे मुल्यवृद्धि गरेको आरोप पनि लगाइन् । 

Image may contain: text

उनले बोलेको साँचो हो कि झुठो हो उनै जानुन् । अब प्रश्न उनी सामु नै तेर्सिन्छ । 

केपी शर्मा ओली गत फागुन ३ गते प्रधानमन्त्री भए । त्यसपछि पेट्रोलियम पदार्थमा पाँच पटक मूल्यवृद्धि भइसक्यो । नबिना केही बोलेकी छैनिन् । बोलेकी छिन् त यो सरकारले पाँच वर्षभित्र सबैलाई समृद्ध बनाउँछ । 

हैन पाँच पटकसम्म मूल्यवृद्धि हुँदा पनि कुनै प्रतिक्रिया दिनु पर्दैन ? त्यतिबेला देउवा सरकारले दुई रुपैयाँ मूल्यवृद्धि गर्दा जात्रा गर्नेले अहिले केही पनि नबोल्न मिल्छ ? 

हो मिल्छ । यदि लामाले नै भनेको साँचो हो भने कमिशन खानका लागि गरिएको मूल्यवृद्धि भएकाले के बोल्नु अब ? तर गरिब जनतालाई चुसेर कमिशन खान मिल्छ ? 

त्यतिबेला त पेट्रेलियम पदार्थको मूल्य बढेको थियो अहिले त हरेक चिजमा मूल्य बढाइएको छ । बजार सिन्डिकेट छ । जनता झन् बढी मारमा परेका छन् । 

यस्तो पापी राजनीति गरेर जनतालाई चुस्नुको के अर्थ । केही हिम्मत गरेर सरकारलाई सुझावसम्म दिने हो कि माननीय ज्यू ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ