arrow

प्रधानमन्त्री ओलीज्यू वृद्धवृद्धालाई ५ हजार दिन कहिले जानुहुन्छ ? 

जनतालाई ढाँट्न पाइन्छ ? 

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
kp-oli-final.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले हरेक वृद्धवृद्धाले सम्झिरहेका छन् । चुनावका बेलामा वृद्धवृद्धा ओली सम्झेर खुशी थिए । उनीहरुको मुखमा थियो –‘हाम्रा लागि के को छोरा नाती अब त जुन पार्टीका भए पनि ओली नै जाती’ ।

ओलीले चुनाव जित्न वृद्धवृद्धालाई पनि छोडेनन् । ओलीले चुनावी भाषण गर्दै भनेका थिए, ‘परारको साल दुई हजार रुपैयाँ दिएको थियो अब यसपटक चुनाव सकिएपछि पाँच हजार रुपैयाँ घरघरमा पुगेर हातहातमा लगेर दिन्छ ।’

गरीवलाई ब्ल्याकमेलिङ गरे । उनको बजेटमा त्यस्तो केही देखिएन । गरीवले पनि ‘पाटी न साटी’ भन्दै पहिले हालेका दललाई पनि भोट हालेनन् जता ओलीले भने त्यतै हाले । 

अहिले भने बजेट आएपछि गरीव र वृद्धवृद्धा मरेतुल्य भएका छन् । छाँगाबाट खसेजस्ता भएका छन् । 

धेरैले सामाजिक संजालमा भनेका छन्, –प्रधानमन्त्री ओली ज्यू वृद्धवृद्धा भेट्न कहिले जानुहुन्छ ? 

राँकिइरहेका छन् नेकपाका नेताहरु काँग्रेससित
काँग्रेसका नेताहरुले खोइ त वृद्ध भत्ता बढाएको भनी प्रश्न गर्दा उनीहरु काँग्रेस नेताहरु राँकिएका छन् । उनीहरुले भने, ‘०५१ सालमा हामीले भत्ता दिँदा पैसा बाँड्ने ? ढुकुटी रित्याउने ? भनेर गाली गर्नेहरुलाई अहिले पैसा किन नबढाएको भन्दा लाज लाग्दैन ?’

त्यतिबेला एमालेले पैसा बाँडेकै थियो । तत्कालीन समयमा अघिल्लो सरकारले सबै नेपाली समृद्धमा जोड दिएको थियो । 

एमालेलाई दाग लागेको थियो । समग्र कम्युनिष्टलाई दाग लागेको थियो । 

झापा आन्दोलनमा आफ्नै बाबुलाई मार्न तम्सनेहरुबारेमा अफवाह चलेको थियो कि –६० वर्ष काटेका बुढाबुढीलाई कम्युनिष्टले मार्छ । 

त्यही दाग मेट्न एमालेले पैसा बाँड्न सुरु गरेको थियो । तर एमालेको सरकार ९ महिनामात्र चल्यो । त्यसपछि वृद्धवृद्धाको भत्ता काटिएन । 

५०० बाट सुरु भएको भत्ता अहिले वर्षको १६ हजार पाइरहेका छन् । 

जनतालाई किन धोका दिने ? वृद्धवृद्धाहरु अहिले पीडामा छन् । उनीहरुले भनिरहेका छन् प्रधानमन्त्री ओली ज्यू हामीलाई भेट्न कहिले आउनुहुन्छ ? 

जनतालाई ढाँट्न पाइन्छ ? 
ओली राष्ट्रवादी नेता । जनवादी नेता । तर के भत्ता बढाउँछु भनेर गरीव र वृद्धवृद्धालाई ढाँट्न पाइन्छ ? 

चुनाव जित्नकै लागि भनेर यसरी बुढाबुढीलाई आशा देखाएर निराश पार्न पाइन्छ ? 

अहिलेसम्म विपक्षीले काम गर्न दिएनन् भन्ने ओलीले अहिले त एकलौटी दुई तिहाइ सरकार छ । फेरि पनि पुरानै शैलीमा ढाँट्ने अधिकार कसले दियो ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ