arrow

प्रम ओलीको बाङ्गो सुझाब : अब 'फेमिली प्लानिङ' नगरे पनि हुन्छ, त्यही माछा खाए पुग्छ

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
oli-pradesh.JPG

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले बच्चा जन्माउन नचाहनेले अब विदेशबाट आयात गरिने प्याक वाला माछा खाए पुग्ने अर्ती दिएका छन् । प्रदेश नम्बर ३ को , प्रदेशसभा बैठकलाई सोमवार हेटाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट ल्याइने मोर्फिन हालेको माछा खाएमा प्रजनन क्षमता सिध्याउने भन्दै “अब नेपालीले फेमिली प्लानिङ नगर्दा पनि हुन्छ त्यही माछा खाए हुन्छ” भनेका हुन् । उनले भने “ हामीलाई कुहेका माछा आयात गरेर नखाए हुने हो, कुहेका माछामा हालेको त्यो मर्फिनले १० वर्षभित्रमा मान्छेको प्रजनन क्षमता हुँदैन । नपुंसकता बढ्छ । अब फेमिली प्लानिङ नेपालमा नगरेपनि हुन्छ, हाँस्दै भने : किनभने त्यही माछा खाए पुग्छ । तर उनले फेमिली प्लानिङ वा परिवार नियोजनलाई बन्धयाकरणसँग मात्रै तुलना गरे, जुन लिटरल्ली गलत छ ।
 
नेपालीको खानेबानीमाथि अट्याक गर्दै ओलीले भने “कुहेका केरा आयत गरिगरिकन नखाए पनि हुन्छ, तर हामीलाई पैसा किन चिलाउँछ थाहा छैन । रेड बुल कुनि केजातिको जुस त्यसमा केमिकल फ्लेबर हालेको हुन्छ, त्यो कुनै आँपको जुस होइन, लिचीको जुस होइन, लिचीको कुनै दानो बोक्रो पनि देखेको छैन त्यो जुसले, केमिकल फ्लेबर हो त्यो आँपको लिचीको जुस भनेको हुन्छ नि त्यो होइन, फ्लेबर हो त्यो । केमिकल फ्लेबर । तपाईंहरुलाई आँकडा बताउने हो भने आश्चर्य मान्नुहुन्छ थोरैको हो र ? अरबौंको त्यस्ता पेय पदार्थहरु हामी पानी खाए हुनेमा हामी त्यो गर्छौं । त्यसकारण हाम्रा आनीबानीहरु पनि सच्याउन जरुरी छ” ।
 
देश भूगोल र जनसंख्याको हिसाबले व्यवस्थापन गर्न कुनै समस्या नरहेको भन्दै उनले खान लाउन पुग्नेगरी उत्पादन हुने दाबी पनि गरे । “खानेकुरा नपुग्ने गरी उत्पादन भएर हामीले किनेको होइन । तर हामी या त खाने आनीबानी या त दुरुपयोग । ग्रीन ल्याण्डले खाना भनेको के भन्दा आलु भन्छ, हामी खाना भनेको के भनेको भात भन्छौं । मज्जले रोटी तरकारी खाएर बाहिर निस्केको छ, उनले थपे साथीले सोध्यो खाना खानुभो ? छैन । रोटी तरकारी मजले खाएर हिँड्या हो । तर हतार हतार २ गास भात थोरै खाएर हिँड्या थ्यो ब्रेकफाष्ट भन्दा कम बिहानै खाएर हिँड्याथ्यो दिउँसो कसैले सोधो खाना खाको छैन होला । बिहानै खाएर हिँड्या हो । बिहान खाको त्यो २ गास भात कता पुगो था छैन । तर भात खाको हुनाले, खाएँ । यो छ खाना खाएको र नखाएको भन्ने । त्यो खाने स्वभाव आनीबानीले पनि हाम्रो त्यस्तो भाछ” ।

खानेकुरा कुन क्षेत्रमा जान्छ भन्ने तथ्यांक दिँदै उनले थपे “जाँड बनाउनेमा अलिकति खर्च हुन्छ पशुलाई ख्वाउनेमा अलिकति खर्च हुन्छ कति खेर जान्छ कति के हुन्छ, त्यसकारण खेर ठूलो मात्रामा जान्छ । अर्को कुरा खासै हामी मोटो चामल खरिद गरिराख्या छैनौं” । नेपालीको  विलासिताप्रति पनि उनले कटाक्ष गरे । उनले भने “देश गरीब छ । कपडा कारखाना सिध्याइदिएम हामीले कपडा चाहिँ राम्रै लाउन पर्छ डिपार्ट मेन्टल स्टोर गएर चट्ट किनेर । जुत्ता कारखाना सिध्याइदिएम हामीले तर जुत्ता त हामीलाई राम्रै चाहिन्छ । कपास खेती सिध्याइदियौं तर राम्रै क्वालिटीको कपडा चाहिन्छ। हामी उपभोगबादी भएका छौं । उत्पादनमुखी होइन उपभोग मुखी” ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ