arrow

मूल्य बृद्धिको चर्को विरोधमा नेविसंघ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ २१ सोमबार
nssu.jpg

स्याङ्जा ।  स्थायी सरकार वने पछि स्थायी शान्ति, भष्टचार हरेक सामाग्रीको मुल्यमा स्थरता आउने आशामा रहेका नेपाली जनतालाई सरकारले फेरी दैनिक प्रयोग हुने पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । देशमा पेट्रोलियम पदार्थको मुल्य हप्तै पिच्छे सरकारले बढाउन थालेपछि जनता सगै विद्यार्थीहरु पनि महङ्गीको मारमा पर्न थालेका छन् ।  नेपाल आयल निगम द्धारा प्रति लिटर पेट्रोललाई एक सय १३ रुपैया  डिजेलको प्रति लिटर ९५ रुपैया तोके सगै अहिले देशका विभिन्न जिल्लामा नेविसंघद्धारा मूल्य वृद्धीको चर्को रुपमा विरोध गरेका छन् ।

स्याङ्जाको वालिङ वहुमुखी क्याम्पस नेविसंघ ईकाइ कार्य समिति र नेविसंघ वालिङ नगर कार्य समितिको संयुक्त रुपमा पेट्रोलियम पद्धार्थको चर्को मुल्य वृद्धी र सरकारको लम्पसारवादको विरुद्ध विरोध कार्यक्रम गरेको हो । वालिङ बहुमुखी क्याम्पसको गेटवाट शुरु भएको विरोध र्‍याली वालिङ स्थीत भकुण्डे चोकमा गई कोण सभामा परिणत भएको थियो ।
 
कोण सभामा नेविसंघका नेताहरुले जनताको ढाड सेक्ने गरी गरिएको मुल्य बृद्धि तुरुन्त फिर्ता गर्न माग गरेका थिए । हप्ता पिच्छे मुल्य बृद्धि हुदा नेपाली जनता र विद्यार्थी चर्को मारमा परेको भन्दै अविलम्व मुल्य बृद्धि फिर्ता लिन नेपाल विद्यार्थी संघले चेतावनी दिएको छ । नेविसंघको मागलाई तुरुन्त सम्वोधन नगरेमा जस्तोसुकै आन्दोलन गर्न सक्ने चेतावनी दिदै त्यसबाट उत्पन्न परिस्थितीको सरकार जिम्मेवार बन्नु पर्ने समेत बताए ।

 र्‍यालीमा सहभागी विद्यार्थीहरुले मुल्य वृद्धी फिर्ता गर ,उखान टुक्का वन्द गर ,लम्पसारवाद मुर्दावाद, नालायक सरकार मुर्दावाद, मन्दिर वेच्न पाईदैन भन्ने जस्ता नारा लगाएका थिए । एक घण्टा सम्म सिद्धार्थ राजमार्ग चक्काजाम गरेर पहिलो चरणको आन्दोलन मार्फत नेविसंघले मुल्य बृद्धि फिर्ताको माग गरेका थिए ।  कार्यक्रममा नेविसंघका नेताहरु विश्वास लम्साल, डण्डपानी पंगेनी, ध्रुव पंगेनी, दिक्षान्त प्रताप खाँण, चुत्रबहादुर महत लगायतले सरकारले गरेका हरेक गतिविधिमा नेविसंघको ध्यानाकर्षण हुने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ