arrow

ट्रेड यूनियन कांग्रेसको अध्यक्षमा आचार्यको उम्मेदवारी

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
Congress_Trade_Union.jpg

काठमाडौं। नेपाल ट्रेड यूनियन कांग्रेसको छैठौं महाधिवेशनको लागि पुस्कार आचार्यले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।  रिपोर्टर्स क्लब नेपाल ट्रेड यूनियन कांग्रेसले पत्रकार सम्मेलन आयोजना गरि पुस्कार आचार्यलाई अध्यक्षको उम्मेदवारीको रुपमा अघि सारेको हो ।

अध्यक्षका उम्मेदवार आचार्यले सबैलाई मिलाएर श्रमिकहरुका मागहरुलाई सम्बोधन गर्न र ट्रेड युनियनको साख जोगाउनको लागि अध्यक्षको उम्मेद्वारी दिएको स्पष्ट पारेका छन् । कार्यक्रमका सभापति समेत रहेका श्रमिक नेता लक्ष्मण बस्नेतले कांग्रेसले चुनाव हार्नुको कारण टिकट वितरणमा मनि र मसलको प्रयोग भएको बताएका छन् ।

उनले भने,‘कांग्रेस विभिन्न गुटमा विभाजित भएको सत्य हो, आजको दिनमा पुष्कर आचार्यको टिमलाई कुन पक्षको हो भन्नु होला, यो कांग्रेसको हो, सबै साथीहरुको बीचमा सहमति भएरै उहाँलाई अघि सारेका छौं, मिलेर संगठन र हक अधिकारको बारेमा लाग्नेमा साथ दिन सबैलाई आग्रह गर्दछु ।’

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका महासचिव महेन्द्र यादवले संविधान समाजवाद उन्मुख भएपनि मनोदशा निश्चित घेरामा बाँधिएको बताएका छन् ।  उनले भने, ‘संविधान समाजवाद उन्मुख छ, यसमा दुईमत छैन्,तर संविधान कार्यन्वयनमा त्यस्तो देखिएन, सरकारले यूवाहरुलाई रोजगार दिन सक्ने स्थिति छैन्, नारामा मात्रै परिवर्तन भयो भन्नुको कुनै अर्थ हुँदैन,  ४० लाख श्रमीकहरुले खाडिमा रगत र पसिनासँग साटेको रिमिट्यान्सले मुलुक धानेको छ, यता सरकारले ठूला कुरा मात्रै गर्छ काम गर्दैन, अब ट्रेड युनियन कांग्रेसले श्रमिकका आवाजहरुलाई जोडतोडका साथ उठाउनेछ, श्रम नै आर्थिक समृद्धिको मुल पक्ष हो, श्रमलाई सम्मान र उचित किसिमको उपभोग गर्नु आजको आवश्यकता हो ।’

कार्यक्रममा पूर्व सांसद अच्युतराज पाण्डे, रामजी कुँवर, गणेश निरौला, लगायतले आफ्ना कुराहरु राखेका थिए ।
यहि जेठ २९ देखि ३१ गतेसम्म राजधानिमा हुने राष्ट्रिय महाधिवेशनमा १६ सय बढि प्रतिनिधिहरुको उपस्थिति रहने र कार्यक्रमको उद्घाटन कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने आयोजकले जानकारी दिएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ