arrow

कांग्रेसले गठन गर्‍यो छाया सरकार, रिक्त विभागले पायो पूर्णता (नामवली सहित)

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार

उदयपुर । नेपाली कांग्रेस उदयपुरले रिक्त रहेको विभागलाई पूर्णता दिएको छ। नेपाली कांग्रेसको विद्यान १७ र नेपाली कांग्रेस नियमावली २०६८ मा व्यवस्था भए अनुसार नेपाली कांग्रेसको २०७५ जेष्ठ २ गते बसेको जिल्ला कार्य समितिको बैठकले रिक्त विभागलाई पूर्णता दिएको हो ।

कांग्रेसको ४३ विभागलाई पूर्णता दिदै सल्लाहकार समितिमा अर्जुनकुमार खड्का, संगठन विभागमा मनोजकुमार बस्नेत, स्थानिय तह विकास विभागमा भिमचन्द्र राई, प्रचार प्रसार विभागमा मदनराज कटुवाल, लेखा परिक्षण विभागमा महेन्द्र प्रसाद रौनियारलाई संयोजक तोकिएको छ ।

त्यसैगरी अनुशासन समितिमा विर्ष बहादुर तामाङ, कार्यक्रम तथा समन्वय विभागमा राकेश खत्री,यातायात तथा व्यवस्था विभागमा सागदोर्जे तामाङ, प्रशासन तथा जनसम्पर्क विभागमा शिव कुमार कटुवाल, अनुगमन तथा मुल्यांकन विभागमा भुपिन्द्र बहादुर थापा, विद्यार्थी विभागमा लोक बहादुर कार्की (एलबी कार्की) दलित विभागमा गडुलमान विक, कृषि तथा सहकारी विभागमा प्रेम कुमार राई, तरुण विभागमा सुमन्त कोइराला, खेलकुद विभागमा आनन्देव चौधरी, स्वास्थ्य विभागमा अर्जुन कुमार दाहाल, श्रमिक विभागमा विष्णु प्रसाद कोइराला, सांस्कृतिक विभागमा सरिता राई, महिला विभागमा विमला सुनुवार र आदिवासी तथा जनजाती विभागमा विमला राई मनोनित गरिएको छ ।

द्धन्द्ध व्यवस्थापन विभागमा मदनबहादुर कटुवाल, अनुसन्धान तथा अभिलेख विभागमा सपुर बहादुर नेपाली, गैसस एवं समाजिक सेवा विभागमा मौसम राई, प्राकृतिक श्रोत विभागमा वम बहादुर कटुवाल, पेशागत तथा बुद्धिजिवि विभागमा परशुराम गिरी, उद्योग व्यापार विभागमा दिनेश खतिवडा, शिक्षा विभागमा खेस बहादुर मगर, कानुन विभागमा विणा पाण्डे, संघिय सम्पर्क समन्वय विभागमा ध्रुब खड्का, प्रदेश सम्पर्क समन्वय विभागमा लक्ष्मीराज अधिकारी, भुतपूर्व सैनिक विभागमा हरिमान कटुवाल, अपांग विभिागमा विष्णु कुमार राई संयोजक तोकिएका छन् ।

यता कांग्रेसले जिल्लाको आठ वटै स्थानिय तहहरुमा छाया सरकार प्रमुख तोकेको छ, सरकार प्रमुख चौदण्डिगढि नगरपालिकामा खगेन्द्र राई, छाया सरकार प्रमुख त्रियुगा नगरपालिका बसन्तकुमार बस्नेत, बेलका नगरपालिका असोक कुमार कार्की, कटारीमा ज्ञानेन्द्रमानसिंह राउत, ताप्ली गाउँपालिकामा डिक बहादुर ठकुरी, उदयपुरगढि गाउपालिका जीत बहादुर खड्का, रौतामाई गाउपालिका भुपेन्द्र बहादुर थापा, लिमचुङबुङ गाउँपालिकामा पुष्पलाल राई, पूर्व पदाधिकारी समिति संयोजकमा हेरम्ब बहादुर थापा र जेष्ठ राजनितिज्ञ समितिमा विदुर बस्नेत संयोजक तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ