arrow

सकियो कांग्रेस गुल्मीको ५० दिने महाअभियान

logo
सुर्य प्रसाद खनाल,
प्रकाशित २०७५ जेठ २१ सोमबार
gulmi-congress.jpg

गुल्मी। नेपाली कांग्रेस गुल्मीले सुरु गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔं’ ५० दिने महाअभियान भब्यताका साथ सम्पन्न गरेको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतबाट कार्यक्रमको समापन भएको छ ।  नेपाली कांग्रेस गुल्मीले समग्र गुल्मीको विकासका लागि के आवश्यक छ ? त्यसको पहिचानका लागि , जातिय विभेदको कसरी अन्त्य गर्न सकिन्छ त्यसको सुत्र पत्ता लगाउनका लागि र समग्र समाज सुधारका लागि पचास दिने महाअभियान सुरु गरिएको पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले जानकारी दिए  ।

अभियानको विचमै  चुनाव जितेर जनहितका लागि काम गर्ने पार्टी भनाउदाहरुले हामीले दलितको घरमा बसेर समस्या बुझ्न खोज्दै गर्दा हतासिएर अनेक टिका टिप्पडी सामाजिक सन्जालमार्फत गरेका थिए हामी त्यो टिका टिप्पडीलाई पनि जरै देखि दरो जवाफ फर्काएका छौं , जातिय पेशाको सम्मान गर्ने काम गरेका छौं, जातिय विभेदलाई जरैबाट उखेल्ने सुत्रधार पत्ता लगाएर त्यसको समाधानको पाटोम कांग्रेस अघि बढ्दै गर्दा रोइलो कसैलाई नहोस  पाटी सचिव खिलध्वज  पन्थीले भने।

सचिव पन्थीले समाज सुधारका लागि चुनाव जितेर गएकाहरु जातिय विभेदको अन्त्य तिर नजर डुलाउन समेत सकेनन, गरिवीको वास्तविक अवस्था बुझ्ने कुनै निति ल्याउन सकेनन त्यसैले कांग्रेसले गुल्मीको समग्र विकासका लागि , जातिय विभेदको अन्त्यका लागि , हिजो देखि चलिआएका कु सस्कारको अन्त्यकालागि कदम उठाउनुको विकल्प नरहेका कारण यो अभियानको थालनी गरेको र अभियानमा साथ दिने सम्पूर्ण पार्टीका अग्रज महानुभाव र कार्यक्रताहरु प्रति आभारी रहेको बताए ।

नेपाली कांग्रेस गुल्मीले सन्चालन गरेको महाअभियानमा पार्टीका प्रभावशाली नेताहरु प्रकाशमान श्रेष्ठ , गगन थापा, रामशरणमहत लगाएतका नेताहरु गुल्मी आएर  अभियान उदाहरण मुलक भएको र समाजसुधारका लागि यो पाठ अरुले पनि सिक्न जरुर भएको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ