काठमाडौं । रुस विश्वकप फुटबलका लागि डिफेन्डिङ च्याम्पियन जर्मनीले अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले अन्तिम २३ जनाको नाम सार्वजनिक गरेका हुन् ।
तर लोले इंगलिस क्लव म्यानचेस्टर सिटीका ‘फिट एन्ड फाइन’ लेरोय सानेलाई समावेश नगर्दा अचम्मै पारेका छन् ।
साने अष्ट्रिया विरुद्धको मैत्रिपूर्ण खेलमा टिममा थिए । अष्ट्रिया विरुद्ध खेलेका निल्स पेटेरसन पनि अन्तिम टोलीमा अटेनन् । त्यसैगरी गोलकिपर बेर्न्ड लेनो र जोनाथन टाह पनि रुस जाने टोलीमा सामेल छैनन् ।