arrow

गंगामाया अधिकारीको जीवनरक्षाका लागि अपिल

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
Gangamaya.jpg.jpeg

काठमाडौं । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएका ब्यक्तिहरुलाई सजाय दिन न्यायको माग राख्दै अत्यन्तै जिर्ण शारीरिक अवस्थामा रहेकी सत्याग्रही गंगामाया अधिकारीले आमरण अनसन पुनः सुरु गरेको एक हप्ता वितिसक्दा पनि नेपाल सरकारको यसतर्फ कुनै पहल नभएकोमा जवाफदेहीता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

यसअघि छोरा कृष्णप्रसादलाई तत्कालीन माओवादी कार्यकर्ताले २०६१ जेष्ठ २४ गते चितवनको बकुलर चोकमा विभत्स तरिकाले गरेको हत्याका विरुद्ध न्याय खोज्दाखोज्दै बाबु एवं गंगामायाका पति नन्दप्रसाद अधिकारीको ३३४औं दिनको आमरण अनसनपछि मृत्यु भएको हो  थियो । 

हत्याको किटानी जाहेरी परेपनि चितवन जिल्ला अदालतमा करिब पाँच बर्षदेखि सुनुवाई भईरहँदा पनि विभिन्न वाहानामा यस मुद्दाको पेशी बारम्बार सार्दै जानु विडम्बनापूर्ण रहेको ठहर समितिको छ ।

सत्याग्रही गंगामायाको माग अनुसार सम्मानित सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न दुईबर्ष अघि दिएको आदेश तत्काल कार्यान्वय गरी उनलाई न्यायको अनुभुति दिलाउन र जीवन रक्षा गर्न नेपाल सरकार गम्भीर होस् भन्ने अपिल समितिका तर्फबाट संयोजक चरण प्रसाइबाट गरिएको छ । 

यसका साथै कानुन कार्यन्वयन गर्ने निकाय बिशेष गरेर नेपाल प्रहरीले नागरिकलाई कानुनी शासनको प्रत्याभुति दिलाउन यसमा ईमान्दार पहल गरोस् भन्ने मागसमेत समितिले गरेको छ ।

जवाफदेहीता निगरानी समितिले गंगामायाको स्वास्थ्य स्थिति झन् गम्भीर हुँदै गएकोले उनको जीवन रक्षाका उपाय तत्काल खोजियोस् भन्ने सरकारसँग जोडदार आग्रह गरेको छ । 

०७१ साल असोजमा निधन भएका नन्दप्रसादको शव अझै पनि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ