arrow

४५औ विश्व बाताबरण दिवस मन्थलीमा पनि 

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
Ramechhap-hamrakura.jpg.jpeg

रामेछाप । ४५ औ विश्व बाताबरण  दिवस ‘प्लास्टिक प्रदूषण निर्मुल पारौं, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौं’  भन्ने मुल नाराका साथ विश्व बाताबरण  दिवश  विभिन्न कार्यक्रमका  रामेछाप को मन्थलीमा सम्पन्न  भएको छ । 

वातावरण दिवशको अवसरमा रामेछापको मन्थली बजारको देवकोटा चोकबाट साबिक कटहरको बोट हुँदै बि पि चोकसम्म  र्याली निकालिएको थियो ।

कार्यक्रममा ‘स्वास्थ्य प्रतिस्ठा र बिकास का लागि सरसफाइ’ दिगो बिकासको मुख्य आधार स्वच्छ खानेपानी  र सरसफाइ युक्त बानी ब्यबहार हाम्रो नगर स्वच्छ राखौ , विश्व बाताबरण  दिवश सफल पारौ ,रुख रोपौ  , हरियो बन नेपाल को धन , नारा लगाइएकोथियो । र्याली  कोण सभामा पारिणत गरिएको थियो । 

कोणसभालाइ सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले हामीले नगरे कस्ले गर्छ भन्दै मन्थली नगरपालिका  बासिहरुले आफैले आफ्नो घर ,घर वरपर सरफाइ राख्न आग्रह गरे । 

आफ्नो घरबाट निस्कियको फोहोरलाई ब्यबस्थित गर्न पनि उनले भने । नगरपालिकाले पनि बन, बाताबरण  र सरसफाइका काम गर्ने गरेको उनले बताए । मन्थली बासिलाइ कौसीबाट पानी झर्दा बाटोमा झार्दा बाटो फोहोर  हुने हुँदा आफ्नो कौसिको पानी निकास निकाल्न्न आग्रह गरे । 

 बाताबरण दिवशको अवसरमा रामेछाप जिल्लालार्इ खुल्ला दिशा मुक्त  घोषणा गर्ने तयारी गरिएको  खड्काले जानकारी  दिए । सरसफाइ एक हप्ता सम्म चल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ