arrow

विश्व वातावरण दिवस : ३० माइक्रोन भन्दा कम तौलका प्लाष्टिक पनि बन्द गर्ने सरकारको तयारी

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
batabaran_diwas.JPG

काठमाडौं । प्लाष्टिक प्रदुषण निर्मुल पारौँ, सके पुन प्रयोग, नसके बहिस्कार गरौँ भन्ने नारा सहित मंगलबार विश्व वातावरण दिवस मनाइँदैछ । 

सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महशुस गरी वर्षेनी विश्व वातावरण दिवस मनाउने गरिएको हो । 

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ हरेक वर्षको जुन ५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । 

प्लाष्टिकका कारण वन, वन्यजन्तु र जैविक विविधतामा मात्र नभई पुरै प्रकृति र मानववीच नै संकट पैदा गर्ने भएकाले यसको सकेसम्म पुन प्रयोगमा जोड दिने र यसलाई पुन प्रयोग गर्न नसके बहिस्कार गर्ने नारा यसपाली लिइएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

प्लाष्टिकको झोलाको पुन प्रयोग गर्न सकेमा प्रदुषण घटाउन सकिने विज्ञहरुको भनाई छ । विश्वमा केही समय अघि भएको अध्ययन अनुसार यहि गतिमा प्लाष्टिकको प्रयोग बढ्दै गए समुन्द्रमा माछाभन्दा प्लाष्टिक बढी हुने जनाइएको छ । 

नेपाल सामुद्रिक मुलुक नभएपनि यहा पनि नदी लगायत जताततै प्लाष्टिक फाल्न कमी नआएकाले यसको प्रयोगमा न्युनिकरणका लागि यो दिवस नेपालमा पनि मनाइँदैछ । 

नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ को पनि सुरुवात

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ को पनि सुरुवात गर्ने कार्यतालिका छ । 

महाअभियानले वर्षभरिका वन र वातावरणसँग जोडिएका विभिन्न कृयाकलापलाई समेटेको छ । वन क्षेत्रको संरक्षण र विकास गरी जनताको जीवनस्तर उठाइने र यस वर्ष एक लाखलाई रोजगारी दिलाइने योजना रहेको वन तथा वातावरणको तयारी छ । सरकारले अब काठ आयात गर्ने परिस्थितिको अन्त्य गरी काठ निर्यात गर्ने तहमा प्रवेश गर्ने उल्लेख छ । 

यस्तै वेतबाँस, सल्लो आदिमा आधारित जडीबुटीको उद्योग तथा प्रशोधनमा ध्यान दिइने तथा एक वर्षभत्र हरियाली प्रवद्र्धन तथा स्वच्छ वातावरण निर्माण गरी काठमाडौंलाई धुलो र धुवाँमुक्त बनाइने पनि महत्वाकांक्षी लक्ष्य लिएको  छ । 

साथै सरकारले ३० माइक्रोन भन्दा कम तौलका प्लाष्टिक पनि  प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३ वर्ष पहिले ४० माइक्रोन भन्दा कम तौलका प्लाष्टिक प्रतिवन्ध लगाएको थियो । 

स्वच्छ वातावरण महाअभियानले ३० माइक्रोनभन्दा कम प्लाष्टिकलाई कडाईका साथ प्रतिबन्ध लगाउने वातावरण विभागका महानिर्देशक दुर्गा प्रसाद दुवाडीले बताए ।  

यसका लागी कानुन र गृहमन्त्रालय लगायत संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय लगायतसँग समन्वय हुनुपर्नेमा सरोकारवाला निकायले जोड दिएको  छ ।  

उद्योगीहरुले भने प्लाष्टिक पुर्ण प्रतिबन्ध भन्दा पनि पुनः प्रयोगमा जोड दिएर अगाडी बढ्नुपर्ने बताउँदै आएका छन् । नेपालमा हाल प्लाष्टिक उद्योगका लागि १५ अर्बको लगानी भइरहेको  भने २५ हजारले रोजगारी पाइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ