arrow

विश्वका चर्चित खेलाडीहरु जो रुस विश्वकपमा खेल्ने छैनन् 

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
russia-2018.png

काठमाडौं । अहिले विश्वका फुटबल प्रेमीहरुको ध्यान रुस विश्वकपमा खिचिएको छ । अब नौ दिनपछि यो प्रतियोगिता रुसको राजधानी सहर मस्कोमा सुरु हुँदैछ । 

यो विश्वकपमा विश्वका धेरै उत्कृष्ट खेलाडीहरुले खेल्न नपाउने भएका छन् । जसमध्येको एक टोली यस्तो छ –

गोलकिपर– जान अबलक, (एथ्लेटिको मड्रिड, स्लोभानिया)

विश्वका एक उत्कृष्ट गोलकिपरमध्येका जान अलबाक पनि एक हुन् । यद्यपि उनको राष्ट्रिय टोली यो विश्वकपका लागि छनोट हुन सकेन । स्लोभानिया २००२ र २०१० मा विश्वकपमा छनोट भएको थियो तर समुहचरणबाटै बाहिरिएको थियो । 

राइटब्याक – एन्टोनियो भ्यालेन्सिया, (म्यानचेस्टर युनाइटेड, इक्वेडर)

म्यानचेस्टर युनाइटेडको नियमित डिफेन्डर हुन् एन्टोनियो भ्यालेन्सिया । पछिल्लो समय उनले आफ्नो भूमिकामा निकै राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । इक्वेडरबाट उनले  ९२ खेल खेलिसकेका छन् । यद्यपि इक्वेडर लगातार चौथोपटक विश्वकपमा छनोट हुनबाट भने वञ्चित हुनपुग्यो । 

सेन्टर ब्याक–भर्जिन भान डिज्क, (लिभरपुल, नेदरल्याण्ड)

नेदरल्याण्ड लगातार दोस्रोपटक प्रमुख फुटबलको प्रतियोगिता खेल्नबाट वञ्चित भएको हो । सन् २०१४ को विश्वकपमा सेमिफाइनलमा पुगेको टोली पछिल्लो समय भएको विश्वकपको छनोटमा भने योग्य टोली भए पनि सफल हुन नसकेको हो । लिभरपुलका लागि उनले पछिल्लो समय निकै राम्रो प्रदर्शन गर्दै आएका भए पनि राष्ट्रिय टोलीलाई विश्वकपमा पु-याउन भने उनी असफल भएका हुन् । 

सेन्टरब्याक– नियोनार्दो बोनुकी, (एसी मिलान, इटाली)

यसपटकको विश्वकपमा छनोट नहुनु इटालीको लागि सबैभन्दा दुखद कुरा हो । इटालीले २० मध्ये १८ विश्वकप खेलिसकेको छ तर यसपटक भने यो टोली अभागी साबित भयो । यो टोलीका महत्वपूर्ण डिफेन्डर हुन् लियोनार्दो बोनुकी । अघिल्लो वर्ष युभेन्टसबाट एसी मिलान जाँदा उनीमाथि धेरैको आँखा परेकोथियो तर उनको यो यात्रा सुखद भने हुन सकेन । 

स्वीडेनसँगको हारको कारण इटाली यसपटकको विश्वकप खेल्न्बाट वञ्च्ति भएको हो । यो खेलमा बोनुकीले पनि खेलेका थिए तर टोलीको हार टार्नभने सकेनन् । 

लेफ्टब्याक–डेभिड अलाबा, (बार्यन म्युनिख, अष्ट्रिया)

सन् २०१६ को युरोकप खेलेको टोली विश्वकपमा छनोट भने हुन सकेन । यो टोलीका डिभिड अलाबा निकै महत्वपूर्ण डिफेन्डर हुन् । 

राइट मिडफिल्ड– रियाद महरेज, (लिस्टर सिटी, अल्जेरिया)

अल्जेरियाका यी खेलाडीले पनि यो विश्वकप गुमाएका छन् । गएको जनवरी महिनामा उनलाई खरिदको लागि ६५ मिलियन पाउण्ड दिइएको थियो तर उनलाई ८० मिलियनको माग गरिएको थियो । यसअघिका दुई विश्वकपमा अल्जेरियाले सहभागिता जनाएको थियो तर समुहको सबैभन्दा अन्तिममा रहँदै आफ्नो यात्रा टुङ्गाएको थियो । 

सेन्टर मिडफिल्ड – मार्को मेर्राटि, (पीएसजी, इटाली)

२५ वर्षीय यी खेलाडीले पनि विश्वकप गुमाउने भएका छन् । सन् २०१२ मा पीएसजीमा आबद्ध भएका मेर्राटिले आफ्नो खेलमा पनि निकै राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । 

लेफ्ट मिडफिल्ड– लेरोए साने, (म्यानचेस्टर सिटी, जर्मनी)

सोमबार सार्वजनिक भएको जर्मनीको टोलीमा पर्न असफल भएसँगै लेरोए साने पनि यो विश्वकपबाट बाहिरिएका छन् । पेप ग्वार्डिओलाको टोलीमा नियमितरुपमा समावेश हुने गरेका खेलाडीलाई राष्ट्रिय प्रशिक्षकले भने पत्याएनन् । 

एट्याकिङ मिडफिल्डर – गेरेथ बेल, (रियाल मड्रिय, वेल्स)

सन् २०१६ को सेमिफाइनलमा पुगेको टोली वेल्सले यसपटकको विश्वकपमा भने आफ्नो स्थान बनाउन नसकेको हो । उसले बेल्जियमलाई हराएको भए पनि रुस विश्वकपको ढोका खोल्न भने सकेन । जसको कारण रियल मड्रिडका प्रमुख खेलाडी गेरेथ बेल यो विश्वकपमा अनुपस्थित रहने भएका छन् । उनले पछिल्लो समय क्लबबाट पनि महत्वपूर्ण प्रदर्शन गर्दै आइरहेका छन् । 

स्ट्राइकर–करिम बेन्जेमा, (रियाल मड्रिड, फ्रान्स)
फ्रान्समा महत्वपूर्ण स्ट्राइकर करिम बेन्जेमाले विवादित ब्ल्याकमेलिङको विवरण सार्वजनिक भएपछि सन् २०१५ यता कुनै पनि खेलहरुमा सहभागिता जनाएका छैनन् । जसको कारण उनको अन्तर्राष्ट्रिय करियरमा पनि केही असर परिरहेको छ । यसपटकको विश्वकपको लागि छानिएको टोलीमा पनि उनी अटाएका छैनन् । 

स्ट्राइकर– पायर–एम्रिक औबामेयाङ, (आर्सनल, ग्याबोन)
ग्याबोनका कप्तान रहेका यी खेलाडी पनि विश्वकपमा अनुपस्थित रहनेछन् । क्लबबाट राम्रो प्रदर्शन गर्दै आइरहेका भए पनि उनले आफ्नो टोलीलाई विश्वकपमा छनोट गराउन भने सकेनन् । 

वैकल्पिक खेलाडीहरु – 
जियानलुइगि डोनारुम्बा (एसी मिलान, इटाली)
आइमेरिक लोपोर्ट (म्यानचेस्टर युनाइटेड, फ्रान्स)
एलेक्स स्यान्ड्रो (युभेन्टस, ब्राजिल)
राड्जा नियाङग्लोलन (रोमा, बेल्जियम)
मिरालेम जानिक (यूभेन्टस, बोस्निया–हर्जगोभिना)
एलेक्स सान्चेज (म्यानचेस्टर युनाइटेड, चिली)
माउरो इकार्डी (इन्टर मिलान, अर्जेन्टिना)

Slovenia's lack of quality means goalkeeper Jan Oblak is having to take the summer off

Antonio Valencia has 92 caps for Ecuador but could not guide them to a fourth World Cup

Virgil Van Dijk has added a steeliness to Liverpool but could not help Holland qualify for Russia

Leonardo Bonucci played in Italy's play-off defeat by Sweden but could not prevent a defeat

Austria failed to build on an appearance at Euro 2016 and David Alaba will miss out as a result

Riyad Mahrez looks set to complete a summer switch to Manchester City from Leicester soon

Marco Verratti was involved in Italy's qualification attempt but missed the play-off second leg

Leroy Sane was sensationally left out of Germany's final squad hours before the deadline

Wales made it all the way through to the semi-finals at Euro 2016 but failed to qualify for Russia

Real Madrid forward Karim Benzema was left out of France's World Cup squad for Russia

Gabon finished third in an African qualification group that also saw Ivory Coast fail to qualify

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ