arrow

प्रधानसेनापति क्षेत्री भारत जाँदै

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
army-chief-rajendra-chhetri.jpeg

काठमाडौं । भारतीय सेनाका सेनाध्यक्ष जेनेरल विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतको भ्रमणमा जाने भएका छन् । बुधबार प्रधानसेनापति क्षेत्री छ दिनको लागि भारत भ्रमणमा जान लागेका हुन् । 

भ्रमणको क्रममा उनी भारतको देहरादुनस्थित भारतीय सेनाको इन्डियन आर्मी मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको प्रमुख अवलोकनकर्ताको रुपमा सहभागि हुने छन् । 
 
सेनाले यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास व्यक्त गरेको छ ।

भ्रमण अवधिभर क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । प्रधानसेनापति क्षेत्र जेठ २८ गते नेपाल फर्किने कार्यक्रम रहको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ