arrow

विश्वकप अगाडिको मैत्रिपूर्ण खेल किन रद्द गर्यो अर्जेन्टिनाले ?

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार
messi-argentina.jpg

काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन ८ दिन बाँकी छ । विश्वकपमा छनोट हुन निकै मेहनत गरेको अर्जेन्टिनाले यस्तो अवस्थामा विश्वकप अगाडिको वार्मअप म्याच पनि रद्द गरेको छ । अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द गरेको हो ।

खेल आउँदो शनिबारका लागि तय भएको थियो । तर गाजामा जारी हिंसाका कारण खेल रद्द गरिएको बताइएको छ । अर्जेन्टिना र इजरायलबीच शनिबार जेरुसेलममा अभ्यास खेल हुने तय थियो । 

त्यस क्षेत्रमा हिंसा भड्किरहेको छ । अर्जेन्टिनाका स्ट्राइकर गान्जालो हेगुइनले इएसपिएस च्यानलसँग मंगलबार खेल रद्द भएको बताएका छन् ।


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति माउसिसिओ माकरीलाई खेल रद्द नगर्न आग्रह गर्दै टेलिफोन गरेको खबर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ