नेविसंघको प्रश्न – यो सरकार कम्युनिष्टको कि कमाउनिष्टको ?
रमित बिक
प्रकाशित २०७५ जेठ २३ बुधबार
486
Shares
बाजुरा । नेपाल बिद्यार्थी संघ बाजुराले सर्वहारा बर्गको हितका लागि राजनितिक गर्ने भनिएको कम्प्युनिष्ट एकमना सरकारले स्थापना भएको सय दिनमा ५ पटक पेट्रोलियम पदार्थको मुल्य बढाई जनबिरोधि कार्य गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन–पत्र बुझाएको छ ।
विश्व बजारमा तेलको मुल्य घटिरहदाँ पनि अस्वभाविक रुपमा मुल्य बृद्धि गराई जनतालाई महंगीको मारमा पारेको, पेट्रोलियम पदार्थको दैनिक उपभोग्य समानमाको अस्वभाविक रुपमा चर्का मुल्य बढी गराउनु सरकार कमिसनमा बिकेको, बजारशास्त्र अनुसार एकाएक अस्वभाविक मुल्य बढी हुनु दुःखद भएको नेपाल बिद्यार्थी संघ बाजुराका उपाध्यक्ष जनक थापाको हस्ताक्षरित ज्ञापन–पत्र भनिएको छ ।
केपी ओली सकारको सय दिन पुग्दा देशमा अस्वभाभिक परिवर्तन नभएता पनि मनोमानि ढङ्गगबाट मुल्य बृद्धि गराउनु वनबिरोधि र राष्ट्रबिरोधि भएको उल्लेख गरिएको छ ।
सामान्य जनता र बिद्यार्थीको चुल्हो बाल्न समेत कठिनाई भईरहेको बेला चिल्ला कुरा गरेर जनतालाई भ्रममा पार्ने खेल भईरहेको र निर्वाचनका बेला खोक्रो राष्ट्रबादको जालमा फसाएर जनतालाई भ्रमित गरी बहुमत प्राप्त कम्प्युनिष्ट सरकार नभई कमाउनिष्ट सरकार भएको आरोप नेविसंघले लगाएको छ ।
युवा बिद्यार्थी र सामान्य जनताको सरोकारको बिषय रहेको पेट्रोलियम पदार्थको मुल्यमा भएको अस्वभाविक मुल्यबृद्धि यथासिघ्र फिर्ता लिईयोस् अन्यथा पञ्चायत राणा र निरकुंश राजतन्त्रलाई घुणा टेकाएको शक्तिशाली नेपाली काँग्रेसको भातृ संङ्गठन नेपाल बिद्यार्थी संघ बाजुरा जनताको पक्षमा कडा भन्दा कडा पाईला चाल्ने ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।
साथै नेविसंघ बाजुराले बुधबारबाट बिभिन्न आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको छ ।