arrow

वन विस्तारको अभियानमा स्कुले विद्यार्थीहरु

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ जेठ २३ बुधबार
schoole-naniharu.jpg

पुनर्वास । उजाड र नाङ्गो बन्दै गएका वन क्षेत्रहरुलाई हराभरा र वन्य उत्पादनको वृद्धि गर्दै वातावरण संरक्षण तथा स्थानियको आय श्रोतको आधार वनस्पती बनाउन कञ्चनपुरको दक्षिणी  सीमान्त पुनर्वास र बेलौरीमा जनचेतना जगाउन वन संरक्षणको अभियानमा  स्कुलका विद्यार्थीहरुलाई सहभागी बनिएको छ । 

वन दशक कार्यक्रमलाई प्रभावकारी बनाउन जुटेको जिल्ला वन कार्यालयले दक्षिणी क्षेत्रको पुनर्वासमा स्कुल हरियाली कार्यक्रमसंगै वन बिस्तार र संरक्षणमा स्थानियको सहभागिता जुटाउन स्कुले नानीहरुलाई सहभागी गरि अभियान  सुरु गरेको छ । 

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले २०७१ देखि २०८१ सम्म वन दशक कार्यक्रमका रुपमा मनाउँदै हरियाली बिस्तार गर्दै वन पैदावर वृद्धि र संरक्षण गर्ने नीति लिए संगै  जिल्लाको दक्षिणी सिमान्त पुनर्वास र बेलौरी क्षेत्रमा कार्यक्रमले ब्यापकता पाएको छ । 

जिल्लाको दक्षिणी भेगमा रहेका पुनर्वास र बेलौरी क्षेत्रमा वन कार्यालयले वृक्ष सुधार ,बृक्षारोपण तथा निजी वन कार्यक्रम अन्तर्गत जनचेतनामूलक, प्रचारात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

वन पैदावरको बिस्तार र वृद्धिबाट हरियाली प्रबर्द्धनसंगै आयश्रोतको भरपर्दो माध्यम हुने देखिएपछि स्थानिय बृक्षारोपण तर्फ आकर्षित देखिएका छन्  । 

वन दशक कार्यक्रमलाई प्रभावकारी रुपमा जनस्तर सम्म लैजान जिल्ला वन कार्यालयले एक घर एक बिरुवा को अबधारणा अनुसार कार्यक्रम गर्दै वन डढेलो नियन्त्रण र हरियाली प्रबर्धनका लागि जनचेतनामूलक प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला वन कार्यालयका प्रमुख जिल्ला वन अधिकृत शिव शर्माले बताए । 

जिल्ला वन अधिकृत शर्मा भन्छन् ‘वन दशक कार्यक्रमलाई प्रभावकारी बनाउन खाली रहेका प्रती जमिनहरुमा बृक्षारोपण र निजी क्षेत्र समेतको सहभागिता गराई बिरुवा उत्पादन गरि हरियाली बिस्तार, वन संरक्षण गर्दै वन पैदावर उत्पादनमा वृद्धि गर्ने प्रयास गरिएको छ ।’  

जिल्लाको दक्षिणी सिमान्त पुनर्वास र बेलौरी क्षेत्रमा वन पैदावरको वृद्धि ,संरक्षण र हरियाली बिस्तारका कार्यक्रम हरुलाई  जनस्तर सम्म लैजान  प्रयत्नहरु गरिए पनि जनशक्तिको अभावका कारण प्रभावकारी हुन नसकेको जिल्ला वन अधिकृत शर्माले बताए । 

न्यून जनशक्ति हुँदाहुँदै पनि वन संरक्षण र हरियाली बिस्तारका कार्यक्रम यस वर्ष पुनर्वास र बेलौरीमा जोडतोडका साथ गरिएको वन कार्यालयले जनाएको छ । 

सरकारी संघसंस्था, निजी जमिनहरुमा व्यापक बृक्षारोपण गरि नगरको स्वच्छ वातावरण निर्माणमा सघाउदै स्थानिय कृषकको आय स्तर उकास्न सघाउने एकल वन हरियाली कार्यक्रम समेत सञ्चालनमा ल्याइएको ईलाका वन कार्यालय त्रिभुवनबस्तीका प्रमुख रेशमलाल शर्माले बताए । 

वन संरक्षण, वनपैदावर वृद्धि गरि वातावरण स्वच्छ राख्न पुनर्वास क्षेत्रका ४ वटा बिधालयमा इको क्लब गठन गरिएको ईलाका वन कार्यालय त्रिभुवनबस्तीका प्रमुख शर्माले बताए ।  

वन संरक्षण र हरियाली बिस्तारमा जनस्तरमा जनचेतना जगाउन पुनर्वास नगरपालिका १ स्थित राम बुद्ध मावि पुरैना,पुनपा ४ स्थित दुर्गा मावि, पुनपा ९ स्थित राष्ट्रिय मावि  र पुनपा ३ स्थित जनकल्याण माविमा ईको क्लब गठन गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ