arrow

इनिस्टाले उर्जा थप्दै भने –विश्वकप मेरो अन्तिम प्रतियोगिता होइन 

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार
iniesta.jpg

काठमाडौं । स्पेनका मिडफिल्डर आन्द्रेस इनिस्टाले अबको केही दिनमा सुरु हुन गइरहेको रुस विश्वकप फुटबल आफ्नो अन्तिम प्रतियोगिता नरहेको बताएका छन् । उनले स्पेनबाट विश्वकपपछि पनि खेल्नसक्ने संकेत गरेका हुन् । 

यसअघि रुस विश्वकप इनिस्टाको लागि अन्तिम प्रतियोगिता हुने अनुमान गरिएको थियो । इनिस्टाले आफ्नो सानैदेखिको क्लब बार्सिलोना छाड्ने निर्णय गरेका थिए । साथै उनी जापानी क्लबमा आबद्ध हुनसक्ने बताइएको छ तर अहिले आएको उनको बयानले भने उनको जापान जाने सम्भावना पनि कमजोर देखिएको छ । 

युरोपियन फुटबलबाट सन्यास लिएका उनले आफ्नो राष्ट्रिय टोलीबाट खेल्ने सम्भावना अझै रहेको बताएका हुन् । ३४ वर्षीय स्पेनी खेलाडीले यस विषयमा आफूले पनि सोचिरहेको बताएका छन् । उनले सन् २०१० मा भएको विश्वकपको फाइनलमा गोल गर्दै नेदरल्याण्डस् विरुद्ध टोलीलाई जित दिलाएका थिए ।

यद्यपि उनको लागि यो अन्तिम विश्वकप हुने भने निश्चित नै छ । अहिलेको विश्वकप स्पेनका लागि राम्रो प्रदर्शन गरेर देखाउने आफूलाई सुनौलो अवसर रहेको इनिस्टाले बताएका छन् । 

उनले आफू अवकाशको विषयमा भन्दा पनि प्रत्येक पल रमाइलो बनाउने हिसाबमा अघि बढिरहेको बताएका छन् । साथै आफू त्यसका लागि उत्साहित पनि रहेको उनको भनाइ छ । 

इनिस्टाले स्पेनको महत्वपूर्ण फुटबलको उपाधि पनि हासिल गरिसकेका छन् । यसपटक स्पेन विश्वकपको समुह बीमा रहेको छ । यो समुहको अन्य टोलीहरुमा पोर्चुगल, मोरक्को र इरान रहेका छन् ।

The 34-year-old will play in his final World Cup for Spain at this summer's tournament in Russia

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ