सिँगापुरको यो टापुमा हुँदैछ गोर्खा सुरक्षाबीच ट्रम्प–किम वार्ता
प्रकाशित २०७५ जेठ २३ बुधबार
786
Shares
काठमाडौं । अत्यधिक चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोन उनबीचको वार्ता सिँगापुरको सेन्तोसा टापुको एक होटलमा हुने भएको छ । अमेरिकाको राष्ट्रपति कार्यालयले मंगलबार यस्तो जानकारी दिएको हो ।
जुन १२ मा हुने यो प्रतियोगिताको स्थान होटलको विषयमा जानकारी दिइएको भए पनि यस विषयमा अझै धेरै विवरणहरु खुलाइएको छैन ।
अमेरिकी राष्ट्रपति र उत्तर कोरियन नेताको बीचमा हुन लागेको यो पहिलो बैठक हो । मंगलबार ट्रम्पले यो बैठकको तयारी निकै सही गतिमा अघि बढिरहेको जानकारी दिएका छन् ।
यो बैठकभन्दा पनि पहिले भइरहेको विभिन्न किसिमको वार्ताहरुको कारण दुई मुलुकहरुको सम्बन्धमा उल्लेख्य सुधार आएको उनले बताएका छन् ।
अहिले सम्मेलन हुन गइरहेको टापु सिँगापुरमा रहेका ६३ विभिन्न टापुहरुमध्येको एक हो । यो टापु निकै विलासीहरु रिसोर्टहरु रहेको टापु मानिन्छ । यद्यपि यो टापुको इतिहास भने राम्रो छैन ।
खराब इतिहासको बाबजुद सान्तोसा टापु निकै सुरक्षित रहेको मानिन्छ । जसको कारण यो सम्मेलन पनि सोही टापुका लागि तोकिएको हो ।