arrow

अवैध रूपमा ल्याएको भारतीय रकम सहित २ भारतीय नागरिक पक्राउ

logo
बिजय चौहान,
प्रकाशित २०७५ जेठ २३ बुधबार
bharatiya.jpg

वीरगन्ज । अबैध रुपमा भित्र्याइएको ३१ लाख ८० हजार भारतीय रुपैया सहित दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट मंगलबार बेलुका भारतीय रुपैया सहित पक्राउ परेका दुई भारतीय नागकिरलाई बुधवार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजना गरिएको पत्रकार सम्मेनलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक रेवती ढुकालले  दुई हजार दरको एक हजार ५ सय ९० थान भारतीय रुपैया सहित भारत बिहार पूर्वी चम्पारण ग्रमपंचायत बेलवा निवासी   ३० वर्षका चितरञ्जन प्रसाद र बिहारकै मोतियारी थान पलनवा ग्रामपंचाय  निवासी   १८ वर्षका रोहित केशरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनले  ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा सवारी भई रक्सौलबाट वीरगन्ज तर्फ आउदै गरेका चितरञ्जन र केशरीलाई रजतजयन्ती चोकमा रोकी चेकजाँच गर्दा दुई हजार दरको एक हजार ५ सय ९० थान नोट अर्थात ३१ लाख ८० हजार रुपैया बरामद भएपछि अवश्यक अनुसनधनका लागि  नियन्त्रणमा लिएको बताए ।

बरामद रुपैयाको श्रोत  वारे चितरञ्जन र केशरिसंग सोधपुछ गर्दा रुपैयाको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धन विभाग हरिहर भवन काठमाण्डौ पठाउने तयारी गरिएको उपरिक्षक ढकालले बताए ।

भारी परिमाण सिमाक्षेत्रबाट भेटिएको रुपैया के, कस्तो कार्यकालागि नेपाल भित्र्याइएको वारे अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ । भित्र्याउन लागिएको रुपैया अपराधकि गतिवधीमा प्रयोग हुन सकिने सम्भावना रहेकाले यस विषयमा गम्भिर्ता पूर्वक छानविन भइरहेको उपरिक्षक ढकालको भनाई रहेको छ । बरामद भएको रुपैया हुन्डी वा सटहिमा समेत प्रयोग हुन सकिने सम्भावन रहेको प्रहरीको अनुमान रहेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ