arrow

गृहमन्त्री बादलले प्रचण्डका घरबेटीको पाता फर्काउने

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार
badal2.JPG

काठमाडौं । पत्रकारहरुले ठेकेदार शारदाप्रसाद अधिकारीको नाम लिने बित्तिकै गृहमन्त्री रामबहादुर थापा हल्का मुस्कुराए। ठेकेदार अधिकारी प्रचण्डका घर मालिक । उनले थुप्रै सडक विस्तारको जिम्मा लिएका छन् । तर उनले जिम्मा लिएका मध्ये हालसम्म ८ वटा निर्माणको काम समयमै नसकिएको पाइएको छ । ओगटी मात्र राखेको छ। त्यसमध्ये एउटा हो कलंकी नागढुंगा सडक विस्तारको काम । यो सडकखण्डको विस्तारका लागि शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न कम्पनीसँग मिलेर ठेक्का मिलाएको छ । कलंकी नागढुंगा सडकको कामका लागि शैलुङले विश्व बैंकसँग सन् २०१३ को जुलाई २९ मा, २ लाख ७० हजार ८ सय ६८ अमेरिकी डलर (झण्डै २ करोड ९० लाख रुपैयाँ) को सम्झौता गरेको छ । यो सडक गत असोजभित्रै सम्पन्न गरिसक्नुपथ्र्यो । जिम्मा लिएका काम समयमै पुरा नगर्ने ठकेदारमाथिको कार्वाही गर्ने बाचा बुधबार पनि गृहमन्त्री थापाले दोहर्‍याए । त्यही मेसोमा अध्यक्ष प्रचण्डका घरबेटीको नाम जोडियो ।
 
प्रचण्ड दम्पत्ति र शारदप्रसाद दम्पत्ति
अनि जवाफ दिने क्रममा उनको हाँसो फुत्कियो । उनले भने “सबै ठकेदार घरधनी नै हुन् । चाहे सांसद ठकेदार हुन् चाहे कुनै ठूलै नेता नै । कन्ट्य्राक्ट गरेको जिम्मा पुरा नगर्ने राज्यलाई ढाँट्ने छल्नेहरु ठग हुन्, भ्रष्टाचार हो, बैमानी हो भनेपछि, जो सुकै होस् उनीहरु माथि कार्वाही हो । तर एउटा कुरा गृहमन्त्रालयले कार्वाही गर्ने होइन, उसले त कार्वाही गर्ने निकायलाई सहयोग गर्ने हो । यसको सोझो अर्थ हुनुपर्छ, अब गृहमन्त्रालयले पुलिस लगाएर प्रचण्डका घरबेटी शारदा अधिकरीलाई पक्राउ गर्छ, पाता फर्काउँछ ।
 
शारदा प्रसाद
किनकी समयमा काम नगर्ने जो कोही किन नहुन्, प्रचण्डकै घरबेटी भए पनि बैमान हुन्, राज्यलाई ठगी गरेका हुन्, सम्झौता उल्लंघन गरेका हुन् ।  उनले सुन तस्करी प्रकरणको विषयमा भुरा र मझौला खालका माछा फन्दामा परिसकेको र ठूला माछा समाउने क्रम (माछा मार्ने) क्रम जारी छ पनि भने ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ