पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध कालो झण्डा प्रदर्शन, सदरमुकाम चैनपुर बन्द
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ जेठ २३ बुधबार
550
Shares
बझाङ। बर्तमान सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरे पछि बिरोधमा उत्रेको नेपाल विद्यार्थी संघले बुधबार सदरमुकाम चैनपुर बजार बन्द गरेको छ । देशमा पेट्रोलियम पदार्थको मुल्य हप्तै पिच्छे सरकारले बढाउन थालेको भन्दै कालो् झण्डा सहित नारा जुलुस गरि बजार समेत ठप्प पारेको हो ।
बिरोधमा उत्रेका विद्यार्थीहरुले सदरमुकाम चैनपुरमा यातायतका साधन समेत बन्द गरि एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना समेत दिएका छन् । बर्तमान सरकारले पेट्रोलियम पदार्थको मुल्य लगायत दैनिक उपभोग्य बस्तुको मूल्यमा गरेको महङ्गीले सर्बसाधारण जनता सगै विद्यार्थीहरु पनि महङ्गीको मारमा परेको भन्दै बिरोध गरेको नेबिसंघका जिल्ला अध्यक्ष दिपक भण्डारीले बताए । उनले यसरी सरकारले हप्तै पिच्छे पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेकाले नेबिसंघ सडकमा उत्रनु परेको बताए । नेपाल आयल निगम द्धारा प्रति लिटर पेट्रोललाई एक सय १३ रुपैया डिजेलको प्रति लिटर ९५ रुपैया तोके सगै अहिले देशका विभिन्न जिल्लामा नेविसंघद्धारा मूल्य वृद्धीको चर्को रुपमा विरोध गरेका छन् ।
बझाङ्ग नेविसंघ जिल्ला कार्यसमिती र जयपृथ्बी बहुमुखी क्याम्पस ईकाइ समितिले संयुक्त रुपमा पेट्रोलियम पद्धार्थको चर्को मुल्य वृद्धी र सरकारले लम्पसारवाद गरेको भन्दै विरुद्ध विरोध कार्यक्रम गरेको हो । सदरमुकाम चैनपुरको तास घर वाट शुरु भएको विरोध र्याली बजार परिक्रम गरि कोण सभा गरि समापन भएको थियो ।
कोण सभामा नेविसंघका विद्यार्थी नेता नारायण हमालले बर्तमान सरकारले नेपाली जनताको ढाड सेक्ने गरी गरिएको मुल्य वृद्धि तुरुन्त फिर्ता गर्न माग गरेका छन् । उनले बर्तमान सरकारले नेपाली जनताका अगाडी भ्रमको खेती गरेर चुनाव जितेको तर जनतालाई गरेका बाचाहरु भुलेको आरोप लगाए । प्रधानमन्त्री केपी ओलीले चुनाव ताका सामाजिक सुरक्षा भत्ता ५ हजार दिने भनि बाचाँ गरेको भएपनि यस बर्षको निती तथा कार्याक्रममा समाबेस नगरि नेपाली जनताका अगाडी झुट्टा बोलेको बताए ।
बारम्बार मुल्य वृद्धि हुदा नेपाली जनता र विद्यार्थी चर्को मारमा परेको जयपृच्बी बहुमुखी क्याम्पसका स्वबियू उपसभापती उमेस जेठाराले अविलम्व मुल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिए । नेविसंघको मागलाई तुरुन्त सम्वोधन नगरेमा जस्तोसुकै आन्दोलन गर्न सक्ने चेतावनी दिदै त्यसबाट उत्पन्न परिस्थितीको सरकार जिम्मेवार बन्नु पर्ने समेत जेठाराले बताए ।
र्यालीमा सहभागी विद्यार्थीहरुले मुल्य वृद्धी फिर्ता गर ,उखान टुक्का वन्द गर ,लम्पसारवाद मुर्दावाद, नालायक सरकार मुर्दावाद, केपी ओली मुर्दाबाद, मसानघाटले के भन्छ केपी ओली ल्याउ भन्छ भन्ने जस्ता नारा लगाएका थिए । कार्यक्रममा नेविसंघका नेताहरु खगेन्द्र खड्का, शिद्धराज जोशी ,प्रेम बहादुर सिहं लगायतले सरकारले गरेका हरेक गतिविधिमा नेविसंघको ध्यानाकर्षण हुने बताएका थिए ।