काठमाडौं । पेट्रोलियम पर्दाथको मूल्यबृद्धी सम्बन्धित बिषयमा सामाजिक सञ्जाल हुँदै सञ्चार माध्यममा पनि विवादमा तानिएकी सांसद नविना लामाले आफ्नो स्पष्टिकरण सार्वजनिक गरेकी छन् । हाम्राकुरालाई उनले आफ्नो स्पष्टिकरण पठाउँदै आफ्नो चरित्रहत्या गर्न खोजिएको बताएकी छिन् । उनले पठाएको स्पष्टिकरण जस्ताको त्यस्तै:
सम्पादक ज्यू
नेपालीमा उखन छ खाएको विष पो लाग्छ नखाएको विष कसरी लाग्छ ??!! जुन पेट्रोलियम पदार्थको मुल्यवृद्विको विषयमा लेखिएको स्टाटसलाई आधार बनाइ केही ब्यक्तिले मेरो चरित्र हत्या गर्ने उदेश्यले मैले नलेखेको कुरा मेरो नक्कली आइडी बनाई स्क्रिनसट गरि राखेको हो भन्ने जानकारी गराउन चाहन्छु। मैले आजसम्म सामाजिक सञ्जालको प्रयाेगमा जहिले पनि सावधानी अपनाउँदै आएको छुँ। म बाट त्यस्ता प्रकारका शब्दको किमार्थ प्रयोग हुँदैन। यस्ता गतिविधिमा संलग्न जो कोहिउपर कानुनि कारबाहीमा जानेछु र अपराधीलाई कानुनको कठघरामा उभ्याउने छुँ !
साथै अनेरास्ववियु सधैँ शैक्षिक आन्दोलन, सामाजिक आन्दोलन र जनजीविकाको सवालमा प्रतिपक्षको भूमिकामा रही सडक बाघको रुपमा आन्दोलनको अग्रभागमा रहिआएको सबैलाई थाहा छ ! नविना लामा