arrow

बल्ल भयो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिवत् दर्ता

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा बुधबार दर्ता भएको छ । 

आयोगका कानून अधिकृत अरुणकुमार झाका अनुसार आयोगको बुधबार बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको हो । 

दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । 

पार्टीका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड गरी दुई अध्यक्ष छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ