arrow

१६ जिल्लाका जिल्ला न्यायाधीशको शपथ

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
supreme-court-of-Nepal-Final1.jpg.jpeg

काठमाडौँ । न्याय परिषद्बाट सिफारिश भएका १६ जिल्ला न्यायाधीशलाई बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ । 

उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी गराए ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो । 

सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायपरिषद्का सदस्य ओमप्रकाश मिश्रले कानूनले तोकेको मापदण्डका आधारमा काम गरी अधिकतम न्याय सम्पदान गर्न निर्देशन दिए । पहिलो पटक न्याय सेवा आयोगले न्यायाधीशका लागि लिएको परीक्षाबाट १६ जिल्ला न्यायाधीशमा उत्तीर्ण भएका हुन् । 

शपथ गराइएका जिल्ला न्यायाधीशमा एक जना महिला न्यायाधीश कमला पौडेलसहित तेजबहादुर खड्का, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल, आत्मदेव जोशी, मनोज श्रेष्ठ, कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, समनकुमार न्यौपाने, प्रमेश पोख्रेल, ईश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, हरिकृष्ण श्रेष्ठ, दिलीपराज पन्त, विश्वनाथ भट्टराई र सोमनाथ अधिकारी रहेका छन् । 

सर्वोच्चका सहप्रवक्ता कालाखेतीले शपथ गराइएका जिल्ला न्यायाधीशलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानबाट तालीम दिइसकेपछि मात्र जिल्ला बाँडफाँड गरिने जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ