- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुस विश्वकप फुटबल प्रतियोगिता सुरु हुन अब ७ दिन मात्र बाँकी छ । यसका लागि वार्मअप खेलहरु भइरहेका छन् ।
बेल्जियमले फर्ममा भएको प्रमाण पेश गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियमले इजिप्टमाथि ३–० को जित निकाल्यो ।
बेल्जियमको जितमा चर्चित खेलाडी रोमेलु लुकाकु, एडेन हजार्ड र मारोउले फेलिआनी नै चर्चामा रहे । तीनै जना खेलाडीले १–१ गोल गरे ।
बेल्जियम विश्वकपको समुह जी मा रहेको छ । बेल्जियमको समुहमा इंगल्याण्ड, पानामा र ट्युनिसिया रहेका छन् ।
इजिप्ट भने समुह ए मा रहेको छ । इजिप्टको समुहमा रुस, साउदी अरेयिबा र युरुग्वे रहेका छन् ।