arrow

जीप दुर्घटनामा श्रीमान–श्रीमतीको घटनास्थलमै मृत्यु, छोराछोरी गम्भीर घाइते 

logo
शैलेन्द्र रोकाया
प्रकाशित २०७५ जेठ २४ बिहिबार
accident-final.jpeg

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । भाडेबजारबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ३७ नम्बरको जीप दुर्घटना हुँदा छविसपाथीेभरा गाउँपालिका ४ डाँडाँगाँउका ४५ बर्षिय विरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ बर्षिया जलादेवी सिंह रहेका छन् । 

८ जना यात्रु बोकेको जीप छविस पाथीभेरा गाँउपालिका ४ को भेटाखानमा दुर्घटना भएको हो । दुर्घटनामा परि ६ जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा सिंहका छोराछोरी गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

 घाईतेहरुलाई उपचारका लागी जिल्ला अस्पताल सिमखेत ल्याइएको छ । 

यस्तै बुधबार बिहान दौलिचौर बाट चैनपुर  आइरहेको जिप दुुर्घटना हुँदा आठ जना घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ