arrow

इंगल्याण्डका डिफेन्डर ड्यानी रोजलाई डिप्रेसन, कसरी भयो ?  

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
england-danny-rose.jpg

काठमाडौं । इंगल्याण्डका डिफेन्डर ड्यानी रोजले आफू डिप्रेसनमा परेको विवरण सार्वजनिक गरेका छन् । रोजले यसअघि आफूमा देखिएको चोट र परिवारको वियोगको कारण आफू डिप्रेसनमा परेको बताएका हुन् । 

इंगल्याण्डको स्थानीय सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताको क्रममा रोजले आफू डिप्रेसनमा परेको यो सिजनमा त्यसको परीक्षण गराएको पनि बताएका छन् । टोटनह्यामका २७ वर्षीय खेलाडीले आफूले यसको उपचार गराइसकेको बताएका छन् । 

आफू नियमित रुपमा मनोवैज्ञानिक विशेषज्ञ कहाँ जानुपर्ने र डाइग्नोसिस गर्नुपर्ने अवस्थामा पुग्दा पनि यो समस्याको विषयमा कसैलाई पनि जानकारी नभएको उनले बताएका छन् । 

उनले आफ्नो समस्या बाबु र आमालाई पनि नबताई आफैैं समाधान गरेको बताएका छन् । 

सन् २०१७ को जनवरी महिनामा घुँडामा देखिएको चोटको कारण उनी आठ महिना मैदानबाहिर बस्नुपरेको थियो । यो नै उनको लागि डिप्रेसनमा आउनुको एक कारण थियो । त्यसका साथै उनको काकाले पनि आत्महत्या गरेका थिए । यसले उनलाई थप दुःखी बनाएको थियो । 

त्यसका साथै रोजको घरमा गोली प्रहार पनि भएको थियो, जसमा उनको भाइलाई लक्षित गरिएको थियो । यस किसिमका कारणहरुले आफूलाई डिप्रेसनको बाटोमा लगेको उनले बताए । 

उनले आफ्नो परिवार पनि रसिया विश्वकप हेर्नका लागि नजाने बताएका छन् । दुव्र्यवहार हुनसक्ने भन्दै उनको परिवार इंगल्याण्डमा नै बस्ने उनले बताए । उनलाई विश्वकपको तयारी गरिरहँदा पनि आफ्नो परिवारको चिन्ताले सताउने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ