arrow

आयल निगममा आतंक मच्चाउने खड्काले दिए राजीनामा

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
gopal-khadka-final-final.jpg

काठमाडौ । व्यापक आर्थिक अनियमितताको आरोप पछि मन्त्रालय तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले विहीबार राजीनामा दिएका छन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरी रजीनामा दिएको जानकारी दिएका हुन् ।

कार्यकाल सकिन छ महिना बाँकी हुँदै खड्काले विहीबारबाटै लागू हुने गरी राजीनामा दिएका हुन् । उनले राम्रो नियतले नै पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल गरेकोमा सबै मिलेर आफ्नो बदनाम गराएको आरोप लगाए ।
आफूलाई जिम्मेवारीविहीन बनाइएको कारण यो पदमा बसिरहन मन नलागेको बताए । साथै उनले आफ्नो मनोबल गिराउने काम भएको गुनासो गरे ।

यसअघि आयल निगममा हुँदा व्यापक उनलाई व्यापक आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । उनलाई इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेकाले निगममै राख्दा निगमको हित विपरीत कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले मन्त्रालयमा हाजिर गराउने निर्णय सरकारले गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ