arrow

ललितपुरको प्रसिद्ध यात्रा मतया पर्वका लागि महानगरपालिकाले ५ लाख दिने घोषणा

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
mataya.JPG

ललितपुर । ललितपुरको प्रसिद्ध यात्रा मतया पर्वका लागि महानगरपालिकाले ५ लाख दिने घोषणा गरेको छ ।  महानगरपालिकाका मेयर चीरिबाबु महर्जनले यो आर्थिक बर्षदेखि नै मतया पर्वका लागि  २ लाखबाट बढाएर ५ लाख रुपैया पुर्‍याएको घोषणा गरे ।

तिथी अनुसार भाद्र कृष्ण पक्ष द्धितीयामा पर्ने यो पर्ब आउने भदौको १२ गते परेको छ ।  गएको भदौ महिनामा नागबहालले मनाएको यो पर्वलाई पनि २ लाख दिएकोमा अब थप ३ लाख पनि दिने मेयर महर्जनले हिजो हिरण्यबर्ण महाबिहारको साधारणसभामा घोषणा गरेका थिए ।यो पर्व ललितपूरका दश टोलले पालैपालो मनाउदै आएका छन् ।

प्रत्येक बर्षको जनै पुर्णिमाको पर्सिपल्ट मनाइने यो पर्व यसपाली मनाउने पालो बुबहाल टोलको हो ।  आबश्यक बजेटको अभावले यो पर्वमा नेवारी भोज चढाउने परम्परा लोप हुदै गएको छ । ।  यो यात्राका क्रममा मृतक आत्माको शान्तिको कामना गर्दै ललितपुरका प्रमुख चार स्तुपा र बाटोमा पर्ने बिभिन्न बहा बहीको परिक्रमा गर्ने गरिन्छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ