arrow

आन्तरिक राजनीति मिलाउदै देउवा, तीन केन्द्रीय सदस्य मनोनयन

महासमिति सदस्य पनि मनोनयन

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
congress-meeting1.jpeg

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठक र जिल्ला सभापतिहरुको भेला अघि पार्टी मिलाउने सन्देश दिएका छन् । सोहि क्रममा देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिमा तीन जनाको मनोनयन गरेका छन् ।  

सभापति तथा संसदीय दलका नेता देउवाले  बिहिवार दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

साथै , सभापति देउवाले पार्टी विधानको धारा ४९(१३)(क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौँ), तीर्थराम डंगोल (काठमाडौँ) र  हिरादत्त भट्ट (कैलाली) लाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेका छन् ।  

मनोनित भएका मध्ये शीला शर्मा खड्का दिवंगत कांग्रेस नेता खुम बहादुर खड्काकी पत्नी हुन् । त्यस्तै   दिलबहादुर घर्ती बरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइराला निकट मानिन्छन् भने शिवप्रसाद हुमागाई पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला निकट मानिन्छन् । महासमिति सदस्य मनोनित तीर्थराम डंगोल समेत सिटौला निकट हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ