arrow

सकियो प्रि मनसुन, मनसुन सुरु भएको घोषणा गर्ने तयारीमा बिभाग

मनसुन सक्रिय हुनका लागि आबश्यक आधारहरु सक्रिय

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
monsoon-7591.jpg.jpeg

काठमाडौं । प्रि मनसुन सकेको र मनसुन सुरु भएको घोषणा गर्ने तयारी जल तथा मौसम बिज्ञान बिभागले गरेको छ । सामान्यतया मार्चदेखि मे सम्मको प्रि मनसुनको समयाबधि भएपनि यसपाली केही दिन लम्बिएको मौसमबिद बिभुति पोखरेलले बताए । प्रि मनसुनको समयाबधि सकिएको घोषणा  गर्ने तरखरमा रहेको मौसमबिद समिर श्रेष्ठले बताए ।

आज साझदेखि वा भोली बिहानदेखि नै नेपालमा मनसुन सुरु भएको घोषणा गर्ने तयारी भइरहेको बिभागका मौसमबिद समिर श्रेष्ठले बताए । मनसुन सक्रिय हुनका लागि आबश्यक आधारहरु सक्रिय भइसकेकाले अब मनसुन  घोषणा हुन मात्र बाकी रहेको छ । मौसमको अहिले  सुक्ष्म रुपमा अनुगमन भइरहेको र घोषणा गर्ने तयारी भइरहेको छ ।

मनसुनका लागि आबश्यक आधारहरु पुर्वबाट हावा चल्न सुरु भएको, पश्चिमी बायुलाई पूर्वको हावाले थेल्दै लगेको , बंगालको खाडी हुदै पाकिस्तानसम्म न्युन चापिय क्षेत्र बिकसित हुदै गएको , तिब्बतमा उच्च चापिय क्षेत्र बनेको र लगातारको बर्षा हुने क्रम  सुरु भइसकेको  छ ।


प्रि मनसुनमा पश्चिमबाट हावा चल्ने भएपनि अहिले बिस्तारै पुर्वबाट हावा चल्न थालेकाले अब प्रि मनसुन सकिएको घोषणा गर्न लागेको  छ । प्रिमनसुनमा पनि अहिले औसत भन्दा बढी नै बर्षा भएको छ । सामान्यतया प्रि मनसुनमा ४० मिलिमिटर बर्षा हुनुपर्नेमा यसपाली ७० मिलिमिटर सम्म बर्षा भएको छ ।
 
अंग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुन लागेको श्रेष्ठको ठम्याई छ  । नेपालमा साधारणतया जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अबधिलाई मनसुनको अबधि भनिन्छ ।

भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा मे ३० मा शुरु भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने थालेको छ । दक्षिय एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरु हुने मौसमी क्यालेन्डर तय गरेको थियो ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ