arrow

सीमामा एसएसबीको हस्तक्षेप हुँदा नदेखिने सशस्त्रको

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ जेठ २४ बिहिबार
sasastra1.jpg

पुनर्वास,कञ्चनपुर । पश्चिम नेपालको कञ्चनपुर स्थित दक्षिणी सीमान्त पुनर्वास लगायत आसपासका क्षेत्रहरुमा बिहिवार देखि  सशस्त्र प्रहरीले सञ्चालन गरेको अप्रेसन सीमामा "मार्च पास" सरकारद्वारा मंचन गरिएको केवल नौटंकी मात्रै भएको सीमा क्षेत्रका स्थानीयहरुको बुझाई रहेको छ ।  नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा साता ब्यापी रुपमा अहिले  सञ्चालन गर्न थालेको " मार्च पास" उपलब्धि बिहिन रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भनिएको समयको पुर्वसन्ध्या एवं झन्डै डेढ महिना अघि कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका ९ बिचफाँटामा नेपाली बस्तीमै पसेर एसएसबीले तारबार भत्काउदा समेत सीमा क्षेत्रमा नदेखिएको  सशस्त्र प्रहरीले अहिले थालेको सीमा सुरक्षाका नाममा "मार्च पास" अभियान केवल "नौटंकी" भएको सीमा क्षेत्रका स्थानियहरुले जनाएका छन् ।

कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा दिनानुदिन भारतीय  सीमा सुरक्षा बल एसएसबीले हस्तक्षेप र नेपाली नागरिक माथी दुर्व्यवहार गर्दै आए पनि अहिले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा सशस्त्र प्रहरीले  जग हसाइ सुरु गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदी भ्रमणमा आउनु पुर्व नेपाली भुमिमै बनाउन थालिएको तारबार एसएसबिले भत्काउदा मौन र रमिते बनेको नेपाल सरकार र एसएसबीले अहिले सीमा सुरक्षाका नाममा सुरु गर्न लागिएको एक हप्ते "मार्च पास" को कुनै अर्थ नभएको पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण प्रासाद जैसीले बताए । वडा अध्यक्ष जैसी भन्छन् "सीमाको समास्या दीर्घकालीन रुपले हल गर्न भारतीय प्रधानमन्त्री संग प्रस्ताव राखिनु पर्ने माग राख्दै नेपालका प्रधानमन्त्री समक्ष बिन्ती बिसाए पनि समाधान निकाल्ने पहल नगर्ने तर अहिले सीमामा सशस्त्र प्रहरीका जवान एक हप्ता दौडाउनुको कुनै अर्थ छैन ।" वडा अध्यक्ष जैसी भन्छन् " यसबाट न त सीमाको सुरक्षा सम्भव छ न त अपराधिक गतिविधि नै नियन्त्रण हुन्छन् यो केवल नाटक हो ।"

पटकपटक भारतीय अतिक्रमणको चोट झेल्दै आएको कञ्चनपुरको दक्षिणी सीमान्त क्षेत्रमा सुरक्षाका नाममा दरिलो उपस्थिति जनाउन नसकेको सरकार र सशस्त्र प्रहरीले अहिले अपराधिक गतिविधि नियन्त्रण र सीमा सुरक्षाको नाममा थालिएको अभियानको तुक नभएको सीमा क्षेत्रका स्थानिय बताउछन् ।

सीमा क्षेत्रमा हुँदै आएका भारतीय अतिक्रमण र सीमाका बारे आवाज उठाउदै आएका स्थानिय अमरजन साउँद भन्छन् "जतिबेला सीमामा सरकारको उपस्तिथि आबश्यक रहन्छ त्यति बेला अनुहारै नदेखाउने सरकार र सशस्त्र प्रहरीले अहिले सीमा सुरक्षाको नाममा खाली नाटक मंचन गर्दै छ केवल सस्तो लोकप्रियताको लागि यसबाट सरकार र सरकारी संयन्त्रको गतिशीलता देखिन्छ ।" उनी भन्छन् "भारतले प्रति २ किमिको दुरीमा सुरक्षा बल तैनाथ गरेको छ तर हाम्रो सीमा सुरक्षाबल सहरमा सुबिधा सम्पन्न ठाउँमा बस्छ अनि वर्ष मा एक पटक सीमामा देखिर सीमाको सुरक्षा हुनै सक्दैन यो सस्तो लोकप्रियताका लागि आयोजित कार्यक्रम मात्रै हो ।"

गतवर्ष कञ्चनपुरको दक्षिणी भेगको पुनर्वास नगरपालिकाको आनन्दबजारमा सीमाक्षेत्रमा भएको भारतीय अतिक्रमणको विरुद्ध प्रदर्शनका क्रममा गोलि लागेर  स्थानीय गोबिन्द गौतमको ज्यान जाँदा सम्म गोली प्रहार गर्ने भारतीय एसएसबी माथि कार्वाहीको माग र सीमाको ब्यबस्थापन गराउन मौनता देखाउने सरकार र सशस्त्र प्रहरीले अहिले थालेको यो अभियान पनि सार्थक नभएको स्थानियहरु बताउछन । पुनर्वसको बिचफाँटा स्थित नेपाल-भारत सीमा स्तम्भ १९४ ,१९५ देखि बेलडाँडी गाउँ पालिकाको झिलमिला स्थित २७ नम्बर सिमा स्तम्भ सम्मका दर्जनौं स्थानमा भारतीय पक्षले अतिक्रमण र दुर्ब्यबहारका घटनामा न्यूनीकरणमा सिन्को नभाँचेको नेपाल सरकार र सशस्त्र प्रहरीले महत्वका साथ सुरु गरिएको भनिएको अभियान केवल आँखामा छारो हाल्ने बाहेक अर्थोक नभएको स्थानियहरुको ठम्याई रहेको छ ।

पुनर्वासको आनन्दबजारमा एक वर्ष अघि स्थापित सशस्त्र प्रहरीको क्याम्पकै ५० मिटर अघिल्तिर र पछिल्तिरको बाटो प्रयोग गर्दै दैनिक लाखौंको आयातमा रोक लगाइएका खाद्य तथा अखाद्य बस्तुको भइ रहेको चोरीपैठारी नियन्त्रणमा बेकामे देखिएको सशस्त्र प्रहरीले अहिले अपराधिक गतिविधि नियन्त्रणको नाम जोडेर सप्ताह लगाउनु कर्मकाण्डी भएको स्थानिय बासिन्दाहरु बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ