arrow

ओखलढुंगामा जीप दुर्घटना, दुईको मृत्यु

logo
जीवन शर्मा,
प्रकाशित २०७५ जेठ २४ बिहिबार
okhaldhunga.png

ओखलढुंगा ।  काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको जीप बिहिवार ओखलढुंगाको मानेभञ्ज्यांगस्थित हर्कपुरमा दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 ना १ ज ४९५० नम्बरको चार जना यात्रु सवार रहेको जीप हर्कपुरको भँडारे खोलामा दुई सय मिटर तल खस्दा सुनकोसी गाउँपालिका वडा नं. ५ मूलखर्कका सिंगे तामाङ र कैलीमाया तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।

 दुर्घटनामा घाइते भएका सोही ठाउँका लालबहादुर तामाङ र लोकन्द्र तामाङ गम्भीर घाइते भएका छन् । उनीहरुको घुर्मीस्थित आस्था अस्पतालमा उपचार भइरहेको छ । घटना के कारणले भएको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ