- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुस विश्वकप सुरु हुन मात्र ६ दिन बाँकी छ । अन्तिम चरणका वार्मअप खेलहरु भइरहेका छन् । इंगल्याण्डले पनि उत्कृष्ट प्रदर्शन गरेको छ ।
इंगल्याण्डले कोस्टारिकालाई २–० ले हरायो । मार्कस रासफोर्ड र डेनी बेल्बेकले १–१ गोल गरे ।
लिड्समा भएको यो अन्तिम वार्मअपसंगै अब इंगल्याण्ड सिधै रुस जानेछ । इंगल्याण्डले १२ महिना लामो अपराजित यात्रालाई अगाडि बढाउने छ ।
इंगल्याण्ड विश्वकपको समुह जी मा रहेको छ । यो समहुमा बेल्जियमसंगै पानामा र ट्युनिसिया रहेका छन् ।