- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुस विश्वकप सुरु हुन मात्र ६ दिन बाँकी रहँदा सहभागी हुने टिमले अन्तिम चरणका वार्मअप खेलहरु खेलिरहेका छन् ।
यस क्रममा आइसल्याण्डले पनि वार्मअप सकाएको छ । आइसल्याण्डले घानासंग २–२ गोलको बराबरी गरेको छ ।
आइसल्याण्डले २–० ले अग्रता लिएर पनि बराबरीमै खेल सकाउन पुगेको हो । कारि आर्नसन र अल्फ्रेड फिन्बोगासनले गोल गरे ।
घानाका करिम नुहु र थोमसले गोल गरेका थिए ।
आइसल्याण्ड पहिलो पटक विश्वकपमा सहभागीता जनाउँदैछ । चार खेलमा कुनै पनि खेलमा जित हासिल गरी बिना अब आइसल्याण्ड रुस जाँदैछ ।
पहिलो खेलमा आइसल्याण्डको भिडन्त जुन १६ तारिखमा अर्जेन्टिनासंग हुनेछ । घाना भने सन् २००२ पछि पहिलो पटक विश्वकपमा छनोट हुन सकेको थिएन ।
आइसल्याण्ड विश्वकपको समुह सी मा रहेको छ । यो समुहमा आइसल्याण्डसंगै, अर्जेन्टिना, क्रोएसिया र नाइजेरिया रहेका छन् ।