arrow

सिद्धार्थ राजमार्ग फेरि अवरुद्ध, अलपत्र परे यात्रु 

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
siddhartha-highway.jpg

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड शुक्रबार पुनः अवरुद्ध भएको छ । बिहिबार रातिदेखि परेको बर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्र सिद्धवावा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सिद्धबाबामा बिहान ५ बजे र भालेबासमा बिहान ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि बुटवलबाट उत्तरतर्फ पाल्पा, स्याङजा, पोखरा, गुल्मी, अर्घाखाँची लगायतका स्थानमा जाने र आउने गाडी बीच बाटोमा रोकिएका छन् ।

पटक पटक पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढे पछि मंगलबार मात्रै भोतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रि रघुबिर महासेठले पहिरो गईरहने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ