arrow

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा घट्दै एआइजीको दरबन्दी, अब कति ?

logo
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
nepal-police-apf.jpg

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक एआइजिपी को दरबन्दी घट्ने भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एआइजीको संख्या निर्धारण गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाएसँगै एआइजीको दरबन्दी घट्ने भएको हो ।

गृहमन्त्री रामबहादुर थापाले सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रस्तावअनुसार दुवै प्रहरीमा अनावश्यक रहेको एआइजीको दरबन्दी घटाउने निर्णय लिएका हुन् । 

मन्त्रिपरिषदमा पठाइएको प्रस्तावमा नेपाल प्रहरीमा प्रशासनतर्फ चार र प्राविधिकतर्फ एक गरी पाँच जना एआइजीको दरबन्दी कायम रहने छ भने सशस्त्र प्रहरीमा दुई एआइजी मात्रै रहने छन् । 

यसअघिको सरकारले नेपाल प्रहरीमा एआइजीको संख्या १६ पुर्याएको थियो भने सशस्त्र प्रहरीमा एआइजी संख्या नौ पुगेको थियो । 

नेपाल प्रहरीमा हाल १२ एआइजीको दरबन्दी रहेपनि प्राविधिक एआइजी डा दिनेशचन्द्र पोखरेल बाहेक सबै पद रिक्त छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ