arrow

पश्चिम नेपाल भूकम्पको जोखिममा, सबैभन्दा उच्च जोखिममा बझाङ्ग

शक्ति संचित भएर बस्यो, झन् खतरा

logo
शैलेन्द्र रोकाया 
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
earthquake-FNL-new.jpg.jpeg

चैनपुर । नेपालको पश्चिम क्षेत्र भुकम्पको उच्च जोखिममा रहेको एक अध्यायनले देखाएको छ । जियोहजाड्स ईन्टरनेसन नामक एक अन्र्तराष्ट्रिय संस्थाले गरेको एक अध्यायनले नेपालको प्रदेश नम्बर सात र प्रदेश नम्बर ६ भुकम्प आउन सक्ने सम्भावना रहेको अध्यायनले देखाएको हो ।

सदरमुकाम चैनपुरमा आयोजना गरेको ७.८ रेक्टर स्केलको भुकम्पले बझाङमा पर्ने असर र उत्थानशीलताका लागी चाल्नु पर्ने कदमका बारेमा स्थानिय तहका प्रमुख र सरोकारबालाहरुसंग गरेको शिकाई आदान प्रदान कार्यक्रममा पश्चिम नेपाल भुकम्पको जोखिममा रहेको बताईएको छ । 

उच्च भुकम्पको रहेको नेपाल र त्यसैमा पनि पश्चिम नेपालको बझाङ जिल्ला भुकम्पको जोखिममा रहेकाले सरोबारबालाहरुले पूर्व तयारीका लागी सचेत भएर रहनु पर्ने जियोहजाड्स ईन्टरनेसनका राष्ट्रिय प्रतिनिधी उपमा ओझाले बताए । 

उनले रिसर्चको एक प्रतिबेदन सार्बजनिक गर्दै पश्चिम नेपालमा भुकम्प जतिबेला पनि आउन सक्ने भन्दै बझाङ जिल्ला सबै भन्दा उच्च जोखिममा रहेको प्रतिबेदनमा उल्लेख छ । बिगतको भुकम्पको ईतिहास हेर्दा भारतको उत्तराखण्डहरुमा पनि ठूला ठूला भुकम्प गएको र नेपालको मध्य तथा पूर्वी क्षेत्रमा समेत भुकम्प गएकाले नेपालको पश्चिमी पछिल्लो समय ठूलो भुकम्प नगएकाले यस क्षेत्रमा उत्तरी प्लेट र दक्षिणी प्लेट हरु एक आफसमा एकदमै खप्टिएर बसेको र शक्ति समेत सञ्चित भएर बसेकाले जतिबेला पनि ठूलो भुकम्प जान सक्ने  प्रतिबेदनमा उल्लेख छ । 

बिभिन्न भुगर्भबिद हरुले लामो समय सम्म गरेको अध्यायनको सांरास प्रतिबेदन प्रस्तुत गर्दै  जियोहजाड्स ईन्टरनेसनका राष्ट्रिय प्रतिनिधी उपमा ओझाले भुकम्पको बारेमा यस भन्दा अगाडी गरेका रिसर्च हरु र बिभिन्न भुगर्भबिदहरुले यहाको भौगोलिक बनावट लगायत जनजिबनमा पार्न सक्ने प्रभाबको बारेमासमेत गहन अध्यायन भएको बताए । 

बझाङमा ७.८ रेक्टर स्केलको भुकम्प बाट हुन सक्ने मानबिय लगायत सम्पूर्ण क्षतीहरुको बारेमा एक प्रतिबेदन समेत सार्बजनिक गरेको छ । ७.८ रेक्टर स्केलको भुकम्प आउदा बझाङ जिल्लाको सम्पुर्ण ३४ हजार घरधुरीमध्ये ९ हजार पाँच सय घरधुरी पूर्ण रुपमा क्षती हुने र २३ हजार घरधुरी आशिंक रुपमा क्षती हुने र १५ घरधुरी मात्र नभत्कीने प्रतिबेदनमा उल्लेख गएिको छ ।

साथै घरहरु भत्केर मात्र ४ हजार जनाको मृत्यू हुन सक्ने र १५ हजार जना गम्भिर घाईते हुने सक्ने तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्ला भरि ९३ प्रतिसत घरहरु  ढुङ्गाले बनेकाले बढी जोखिमयुक्त भएको  र ०.३ प्रतिसत घरहरु मात्र भुकम्प प्रतिरोधी भएको र बाँकी घरहरु सिमेन्टेड भएपनि भुकम्प प्रतिरोधी नभएको जनाएको छ । 

जिल्लाको एक मात्र जयपृथ्बी राजमार्गमा ६ हजार पहिरो आउन सक्ने प्रतिबेदनमा उल्लेख गएिको छ । नयाँ निर्माण हुन लागेका सडकहरुले भिरालो जमिनलाई कमजोर बनाउदै गएकोले बढी क्षती हुन सक्ने अनुमान गरिएको छ । 

भुकम्पको सबै भन्दा बढी जोखिम सदरमुकाम चैनपुर रहेको प्रतिबेदन सार्बजनिक गरिएको छ । भुम्कपको प्रतिबेदन सर्बजनिक गरेपछि प्रतिबेदनले भयावहको स्थीती सार्बजनिक गरेको बताउदै खप्तड छान्ना गाँउपालिकाका अध्यक्ष बर्क रोकायाले यसका लागी स्थानिय तहले पहिले नै सर्तक हुनु पर्ने बताए  । 

त्यस्तै जयपृथ्बी नगरपालकाका प्रमुख बिरेन्द्र खड्काले भुकम्प पछि र अगाडी गर्नु पर्ने सर्तकताका बारेमा सबैले आ आफ्नो ठाँउ बाट लागनु पर्ने धारण राखे । यसरी प्रतिबेदन सार्बजनिक भएपछि कार्यक्रम स्थलमा स्तब्धता छाएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुबरले यो प्रतिबेदनले आत्तिनु पर्ने अबस्था छैन । सरकारले पनि बिभिन्न कार्यक्रम ल्याउने बताउदै तर पूर्व सर्तकता एकदमै महत्वपूर्ण भएको बताए । 

यस आगाडी २०२३ सालमा बझाङमा केन्द्र बिन्दु बनाएर आएको ६.३ रेकटर स्केलको भुकम्पले बझाङमा मात्र ८० जनाको ज्यान गएको तथा ३ हजार घर भत्केको , २०३७ सालमा बझाङमै केन्द्र बिन्दु बनाएर आएको  ६.५ कै भुकम्पले समेत १७८ जनाको  जनाको मृत्यू भएको र हजारौ घरहरु भत्केको भुकम्प मापन केन्द्रको तथ्याङ्क छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ