arrow

यस्तो छ विश्वकपका कीर्तिमानी रेफ्रीको कथा 

logo
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
russia-2018.png

काठमाडौं । अहिले विश्वकप फुटबलको सरगर्मी बढेको छ । मानिसहरु आफ्नो समर्थनको टोलीको विषयमा चर्चा गरिरहेका छन् । साथै खेलाडीहरुको प्रदर्शन र कीर्तिमानहरुको विषयमा पनि व्यापक चर्चा चलिरहेको छ । 

यद्यपि खेल खेलाउने रेफ्रीहरुको विषयमा भने खासै चर्चा हुँदैन । विश्वकपमा सबैभन्दा बढी खेलहरु खेलाउने रेफ्री उज्वेकिस्तानका राभ्सन इर्माटोभ हुन् । विश्वकपको इतिहासमा उनले जति खेल कुनै पनि रफ्रीले खेलाएका छैनन् । सन् २०१० मा भएको विश्वकपको पहिलो खेल मेक्सिको र दक्षिण अफ्रिकाबीचमा उनले रेफ्रीको भूमिका निभाएका थिए । 

उक्त विश्वकपमा उनले थप चार खेलहरुमा पनि खेलाएका थिए जसमा नेदरल्याण्डस् र उरुग्वेबीचको खेल पनि समावेश थियो । साथै उनले सन् २०१० मा भएको विश्वकपमा पनि चार खेल खेलाएका थिए । यससँगै उनले सबैभन्दा बढी खेल खेलाउने रेफ्रीमा फ्रान्सका जोएल क्विनोउ, मेक्सिकोका बेनिटो अर्चुन्डिया र उरुग्वेका जर्ज ल्यारिओन्डालाई पछि पारेका हुन् । उनीहरु सबैले विश्वकपमा समान आठ खेल खेलाएका थिए । 

इर्माटोभ सन् २००३ मा फिफाको रेफ्री बनेका थिए । त्ययता उनको प्रदर्शन तथा क्षमतामा पनि सुधार आइरहेको  । विश्वकपका बाहेक पनि उनले धेरे खेलहरु खेलाइसकेका छन् । उनले चारपटक एसियन च्याम्पियन्स लिगको फाइनल खेल खेलाएका थिए भने दुईपटक फिफा क्लब विश्वकपको फाइनल र एसियन कपको फाइनल खेलाएका थिए । 

उनले असंख्य ठुला प्रतियोगिताहरु शान्त र आत्मविश्वासका साथ खेलाइसकेका छन् । उनलाई यसपटकको विश्वकपमा  आफ्नो कीर्तिमानलाई थप लम्ब्याउने अवसर रहेको छ । उनी रुस विश्वकप २०१८ को रेफ्रीहरुको सूचीमा समावेश छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ